करातेका संस्थापक थानेश्वर राई सम्मानित


२९ असार २०७५, शुक्रबार
कराते संस्थापक थानेश्वर राई सम्मानित 1

काठमाडौं,२९ आसार :  नेपाली करातेका संस्थापक थानेश्वर राई शुक्रबार सम्मानित भएका छन् । नेपाल सितोरियो कराते संघ, उत्तर भेगीय शाखा डोजो, बुढानीलकण्ठले आयोजना गरेको राष्ट्रिय खुला कराते प्रतियोगिताको उद्घाटन अवसरमा राई सम्मानित भएका हुन् ।कराते संस्थापक थानेश्वर राई सम्मानित

सोही अवसरमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सगरमाथा सफल आरोहण गरेका दोश्रो डान कराते खेलाडी सुशील लिम्बू पनि सम्मानित भए । उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले उनीहरुलाई सम्मान पत्र प्रदान गरी सम्मान गरे ।
बुढानीलकण्ठमा भइरहेको प्रतियोगिताको पहिलो दिन प्रदेश २ ले सर्वाधिक ९ स्वर्ण, ३ रजत र १ कांस्य जित्दै पहिलो स्थानमा छ । ३ स्वर्ण, ६ रजत र २ कांस्यसाथ आयोजक दोश्रोमा छ । तेश्रो स्थानमा रहेको प्रदेश ४ ले २ स्वर्ण, ३ रजत र १ कांस्य जितेको छ ।
प्रदेश २ का लागि सुजित तामाङ, बुद्ध मोक्तान, चाँदनी राई, सुनिता तामाङ, इशा वाइबा, सुस्मिता वाइबा, कोपिला बुढाथोकी, इलिशा तामाङ र निशा मोक्तानले स्वर्ण जिते । तिलगंगा बमजन, सन्तोष राई र किशोर तामाङले आयोजकलाई स्वर्ण दिलाए ।
प्रतियोगिताको उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ, बुढानीलकण्ठ नगर खेलकुद विकास समितिका अध्यक्ष एवं आयोजक डोजोका वरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । दुईदिने प्रतियोगितामा सात प्रदेश र आयोजक गरी ८ टिमका २ सय खेलाडीले विभिन्न २४ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७