बेल्जियमले तोड्लान् इङल्याण्डको रेकर्ड ?


३० असार २०७५, शनिबार
belgium and england1

काठमाडौं ३० असार । रसियामा जारी विश्वकपको भोलि अर्थात् आइतबार मैझारे हुँदैछ । ३२ टोली सहभागी मध्ये अब ४ टोली मात्रै बाँकी छन् । चार टोलीमा पनि फाइनलका लागि खेल्ने र तेस्रो स्थानका लागि खेल्ने टोली निर्णय भैसकेको छ । आज हुने खेलमा बेल्जियम र इल्याण्डबीच विश्वकपको तेस्रो स्थानको लागि आमन्ने सामुन्ने हुने छन् ।

belgium and england1

सोमिफाइनलमा फ्रान्ससँग पराजित बेल्जियम र क्रोएसियासँग पराजित इल्याण्डबीच खेल बेलुका ७ः४५ मा सेन्ट पिटर्सवर्ग स्टेडियममा हुने छन् । यो विश्वकपमा यी दुई टोली मात्रै हुन् एउटै समूह ‘जी’मा रहेर पनि सेमिफानलसम्म प्रवेश हुन सफल । यहाँ समूह चरणको बारेमा उल्लेख गर्न अनुपयुक्त नहोला । यी दुर्ए टोलीबीच समूह चरणको अन्तिम खेलमा भेट भएको थियो ।

खेलमा बेल्जियमले १—० को नतिजा निकाले पनि इङल्याण्डले सेमिफाइनलसम्मको बाटो तय गरेको थियो । दुवै टोली विश्वकपको दाबेदार मानिए पनि सेमिफाइनलमा आएर दुवै टोलीको फाइनल प्रवेश गर्ने बाटो रोकियो । बेल्जियम फन्ससँग १—० ले स्तब्ध बन्दै फाइनलको बाटो बन्द भएको थियो । फ्रान्सका लागि डिफेन्डर सामुइल उम्टिटीले हेड मार्फत गरेको गोल नै निर्णय बनेको थियो ।

इङल्याण्ड भने क्रोएसियासँग २—१ ले पराजित बनेको थियो । खेल सुरु भएको ५ औँ मिनेटमा इल्याण्डले फ्रिकिक मार्फत गोल गरे पनि अन्य गोल सिर्जना गर्न सकेनन् । आज हुने खेलमा दुवै टोली फाइनलमा प्रवेश गर्न नपाएको पिडाबीच सामना गर्ने छन् ।

आजको खेलमा स्वर्णिम पुस्ता मानिएको टिम बेल्जियम र युवाले भरिएको इङल्याण्डको खेल रोचक हुने छ । बेल्जियम र इङल्याण्डको फुटबल इतिहास हेर्ने हो भने इङल्याण्ड बलियो ठहरिन्छ । यस अगाडीको खेल हेर्दा इङल्याण्ड नै हाबी भएको देखिनछ ।

यी २ टोलीबीच २२ पटक आमन्ने सामुन्ने भएका छन् । जसमा १५ खेलमा इङल्याण्डले विजयी गरेका छन्, भने बेल्जियमले २ मात्रै (यो विश्वकपको समुहचरणको खेलसहित) । ५ खेल बराबरीमा रोकिएको छ । विश्वकप सेमिफाइनलमा पनि यस अघि यी दुई टोली २ पटक भिडिसकेका छन् । जसमा १९८६ मा इङल्याण्डलाई पन्छाउँदै बेल्जियम तेस्रो बनेका थिए । भने, सन् १९९० मा इङल्याण्डले पन्छाउँदै तेस्रो बनेका थिए । आज हुने खेलमा यी दुई टोली इतिहास कायम राख्ने र भत्काउने दाउमा मात्रै छैनन् । विश्वकपको तेस्रो स्थान र गोल्डेनबुटको लागि ठूलोलो प्रतिस्प्रधा हुने छन् ।

यो विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी इङल्याण्डसँग छ । इङल्याण्डको कप्तानी समेत समालिरहेका ह्यारी केनले ६ गोल गरिसकेका छन् । ५ खेल खेलेका केनले समूह चरणको खेलमा मात्रै ५ गोल गरेका थिए । त्यस यता उनले कोलम्बियाविरुद्ध पेनाल्टीमा मात्रै गोल गरेका छन् ।

दोस्रो स्थानमा बेल्जियमका स्टार स्टाइकर रोमेलु लुकाकु रहेका छन् । उनले पनि ५ खेलमा ४ गोल गरिसकेका छन् । तर, लुकाकुले समूह चरणको खेल भन्दा यता गोल गर्न सकेका छैनन् । समुहचरणमा २ खेल खेलेका लुकाकुले ४ गोल गरेका हुन् । आजको खेलमा लुकाकुले केनलाई उछिन्न सकेको खण्डमा मात्रै गोल्डेनबुट पाउने छन्, नत्र केन गोल्डेनबुटको एक्लो दाबेदार हुन् ।

आजको खेलमा इङल्याण्डले बेल्जियमलाई कम आँक्ने छैनन् । बेल्जियमसँग रोमेलु लुकाकु र इडेन हजार्ड जस्ता भरपर्दा फरवार्ड छन् । केभिन डे ब्रुइन, मारोनी फेल्ली जस्ता तीव्र गतिका मिडफिल्डर छन् । खेलमा जुन समयमा पनि इङल्याण्डका लागि खतरा हुनसक्छ । बेल्जियमको डिफेन्स पाटो पनि त्यतिकै बन्दिलो छ । थ्हिबोउत कर्तोस जस्ता भरपर्दा गोल किपरका कारण इङल्याण्ड दबाबमा पर्न सक्छ । त्यसको एक उदाहरण हुन् यो विश्वकपका खेलमा बेल्जियमको पोस्टमा २ भन्दा धेरै गोल गर्न दिएका छैनन् ।

इङल्याण्डको पनि टोली बन्दिलो छ । इङल्याण्डमा ह्यारी केन, रहिम स्टार्लिङ, जस्ता उत्कृष्ट फरवार्ड छन् । जसले असहज समयमा पनि गोल गर्न सक्ने क्षमता राख्छन् । त्यस्तै जेसे लिङगार्ड, डेल अली, ह्यारी मगुइरी, जमी भार्डी जस्ता मिडफिल्डर झनै बन्दिलो बनाएको छ इङल्याण्ड टोली । इङल्याण्डका लागि बन्दिलो पाटो हो गोलकिपर जोर्डन पिकफर्ड हुन् । जोर्डन खतरनाक परिस्थितिलाई पनि बचाउ गर्न सक्ने क्षमता राख्दछ । विभिन्न एनेन्सिको सहयोगमा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७