रुस विश्वकप हालसम्मकै उत्कृष्ट : फिफा अध्यक्ष


३१ असार २०७५, आईतवार
2018 07 13t094130z1724147978up1ee7d0qx5ytrtrmadp3soccer worldcup fifa infantino 1 copy 1572018093328

काठमाडौं, ३१ असार । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले रुसमा जारी विश्वकप अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट विश्वकप भएको औंल्याएका छन् । उनले यस प्रतियोगिताले विश्वको नजरमा रुसप्रतिको धारणा पनि परिवर्तन गरेको बताएका छन् ।2018 07 13t094130z1724147978up1ee7d0qx5ytrtrmadp3soccer worldcup fifa infantino 1 copy 1572018093328

‘दुई वर्षदेखि मैले यो उत्कृष्ट विश्वकप हुन्छ भन्दै आएको थिएँ । अब म दाबी गरेर यो उत्कृष्ट थियो भन्न सक्छु,’ उनले भने, ‘यस प्रतियोगिताले रुसलाई पनि बदलेको छ । रुस अब फुटबलको देश भएको छ । प्रतियोगिता अवधिभर ९८ प्रतिशत रंगशाला भरिएको थियो । लाखौंको संख्यामा विदेशी पाहुना यहाँ आएर गए । इन्फान्टिनोले प्रतियोगिताको इतिहासमै पहिलोपल्ट प्रयोग गरिएको भिडियो असिस्टेन्ट रेफ्री (भार) को प्रशंसा गरेका छन् ।

उनले अफसाइड गोललाई लिएर हुने विवाद नयाँ प्रविधिको प्रवेशले अन्त्य गरेको बताए । रुसलाई हेर्ने नजर पक्कै परिवर्तन भएको छ । इन्फान्टिनो कतारमा हुने विश्वकपबारे गरेको प्रश्नलाई लिएर भने केही बोल्न चाहेनन् । केही दिनयता कतारमा हुने विश्वकपमा पनि ४८ टोली समावेश हुने हल्ला चलेको छ । ‘हामी पहिला कतार अनि फिफा काउन्सिल र सम्बन्धित पक्षसँग छलफल गर्नेछौं । यस विषयमा संयमित भएर निर्णय लिनु आवश्यक छ,’ उनले थपे, ‘हाललाई विश्वकपमा ३२ टोलीकै सहभागिता रहनेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७