क्लव डेजाभु प्रहरीको नियन्त्रणमा, पुनम पाण्डेको कार्यक्रम पनि अनिश्चित


३१ असार २०७५, आईतवार
201807151531665916

काठमाडौं, ३१ असार । चर्चित भारतीय मोडल पुनम पाण्डेलाई उपस्थित गराएर आइतबार साँझ दरबारमार्गस्थित क्लव डेजाभुमा गर्ने भनिएको कार्यक्रम अनिश्चित बनेको छ ।201807151531665916

पुनमको उपस्थितिमा कार्यक्रम गर्ने भन्दै क्लव डेजाभुका सञ्चालकले लाखौंको टिकट बिक्री गरिसकेको अवस्थामा स्थानीय प्रशासनबाट स्वीकृति नलिएको पाइएपछि प्रहरीले क्लव डेजाभुलाई नियन्त्रणमा लिएको हो । कार्यक्रम अयोजकहरुले स्थानीय प्रशासनबाट स्वीकृति लिएको नपाइएपछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत दरबारमार्गका प्रमुख (डिएसपी) दानबहादुर मल्ल बताउँछन् । उनी भन्छन्, ‘स्थानीय प्रशासनको स्वीकृति बिना कार्यक्रम सञ्चालन गर्नै मिल्दैन, अहिले क्लबमा प्रहरीको ड्युटी खटाएका छौं ।’

रसियामा जारी विश्वकप फुटवलको अवसरमा काठमाडौं आएकी पाण्डले आइतबार फ्यानहरुसँग बसेर फुटबल हेर्ने र विशेष कार्यक्रम प्रस्तुत गर्ने आयोजकहरुले शनिवार पत्रकार सम्मेलन गरेर जानकारी दिएका थिए । क्लब डेजाभुका सञ्चालक केपी गैरेले मोडेल पाण्डेले फ्यानहरुका बीचमा फुटबल हेर्ने चाहना राखेकोले काठमाडौं ल्याएको प्रतिक्रिया दिएका छन् ।

२०७४ मंसिर २८ गते अमेरिकन डिजे मार्समेलोले प्रस्तुती दिने भनिएपछि उनी अनुपस्थित भएपछि दर्शकहरुले क्लवमा तोडेफोड गरेका थिए । त्यतिवेला मार्समेलो ल्याउने भन्दै लाखौंको टिकट बेचेर ठगी गरेको भन्दै कार्यक्रम आयोजक रितेश मारवाडी, राजीव महर्जन तथा क्लव सञ्चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७