जर्मनीका तर्फबाट विश्वकपको ट्रफी फिलिप लाहमले प्रस्तुत गर्ने


३१ असार २०७५, आईतवार
filip laham

काठमाडौ, ३० असार (एजेन्सी) । रसियामा जारी विश्वकप फुटबलको २०१८को फाइनलमा विश्वकपको ट्रफी जर्मनी पूर्व कप्तान फिलिप लाहामले प्रस्तुत गर्ने भएका छन् ।filip laham

डिफेन्डिङ च्याम्पियन जर्मनीको तर्फबाट पूर्व कप्तान लाहानले रसियको लुज्निकी रंगशालामा हुने विश्वकप फाइनलमा ट्रफी प्रस्तुत गर्ने भएका हुन् ।

उनले भनेका छन्,‘म जर्मनीको राष्ट्रिय टोलीका तर्फबाट विश्वकप फुटबलको ट्रफीलाई फाइनलमा प्रस्तुत गर्दैछु ।’
उनले विश्व विजेता बन्ने अभूतपूर्व अवसर दिएको र विगत चार वर्षदेखि देशको गौरव बनेको ट्रफी आइतबार राति यस वर्षको विजेतालाई प्रदान गरिने बताए ।

‘हामी हाम्रो त्यो गौरव भावी विजेतालाई सुम्पिँदै छौं । आगामी चार वर्षको विश्व विजेतालाई ट्रफी प्रदान गर्ने अवसर पाउनु मेरा लागि वास्तवमै अविस्मरणीय क्षण हुनेछ ।’, उनले भने,‘कप्तानको नाताले विश्वकप उचाल्ने र त्यसपछि अन्य राष्ट्रका खेलाडीलाई हस्तान्तरण गरेका खेलाडी सम्झँदा नै आफूलाई निकै भाग्यमानी ठान्दछु ।’

उनले ट्रफि हस्तान्तरणको क्षण जर्मनीका लागि एक दुःखद क्षण हुने समेत बताएका छन् । ‘ट्रफी फेरि पनि जित्नका लागि ऊर्जा प्राप्त हुनेछ । यो समयलाई हामीले अर्को विश्वकपका लागि आफ्ना बलिया पक्षहरू बटुल्ने क्षणका रूपमा लिनुपर्छ ।’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७