ब्रिटेनलाई इयुविरुद्ध मुद्दा हाल्न ट्रम्पको सुझाव


३१ असार २०७५, आईतवार
102534150 afp

काठमाडौं, ३० असार । ब्रिटिश प्रधानमन्त्री टेरिजा मेले ब्रेक्जिटको सम्बन्धमा कुराकानी गर्नुभन्दा युरोपेली संघमाथि मुद्दा हाल्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई सुझाव दिएको बताएकी छन् । 102534150 afp

बीबीसीका अनुसार शुक्रवार प्रधानमन्त्री मे र राष्ट्रपति ट्रम्पले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनका बेला अमेरिकी राष्ट्रपतिले उनलाई त्यस्तो सल्लाह दिएको खुलासा गरेकी हुन् । राष्ट्रपति ट्रम्पले पनि आफूले प्रधानमन्त्री मेलाई ब्रेक्जिटबारे एउटा ‘सल्लाह’ दिएको तर त्यो शायद उनको निम्ति कठिन हुने उल्लेख गरेका थिए ।

त्यो सल्लाह के थियो भन्ने बीबीसीको प्रश्नमा प्रधानमन्त्री मेले भनिन,‘ उनले मलाई इयुविरुद्ध मुद्दा हाल्न सुझाव दिए नकि कुराकानी गर्न ।’ तर प्रधानमन्त्री मेले सोही पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले ब्रिटेन र इयुबीच जारी कुराकानी नत्याग्न पनि भनेको औंल्याइन्। ब्रेक्जिटबारे आफ्ना प्रस्तावको प्रधानमन्त्री मेले बचाउ गरेकी छन्।

उक्त प्रस्तावले इयुसँग खासगरी वस्तु व्यापारमा निकट सम्बन्ध राख्ने पक्षमा वकालत गर्छ । यही प्रस्तावका कारण प्रधानमन्त्री मेको क्याबिनेटका दुई वरिष्ठ मन्त्रीले राजीनामा गरेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७