मेस्सीले जिते मुद्दा


१७ कार्तिक २०७४, शुक्रबार
messi

एजेन्सी: स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले आफूमाथि मानहानी भएको मुद्दा जितेका छन् । उनले मुद्दा जितेर पाएको झण्डै ८३ हजार अमेरिकी डलर ‘डक्टर्स विथआउट बोडर्स’ नाकको सामाजिक संस्थालाई सहयोग गरेका छन् ।

messi
सन् २०१४ को विश्वकपमा स्पेनिस पत्रिका ला राजोनले मेस्सीमाथि प्रतिबन्धित शक्तिबर्धक औषधि प्रयोग गरेको आरोप लगाएको थियो । फाइनलमा १–० ले जर्मनीसँग हारेको खेलमा मस्ेसी प्रतियोगिताकै उत्कृष्ट खेलाडीसमेत भएका थिए । ला राजोनमा उनीविरुद्धका सामग्री प्रकाशित भएपछि उनले कानूनी कारबाहीका लागि मानहानीको मुद्दा दर्ता गराएका थिए ।Messi 2

अदालतले मेस्सीमाथि अनावश्यक आरोप लगाएको भन्दै पत्रिका ला राजोन त्यसका प्रमुख फ्रान्सिस्को मारुएन्दा र लेखक एल्फन्सो युसियालाई दोषी मानेको छ । पत्रिकाले त्यो एक विचार प्रदान लेख मात्रै भएको बताए पनि अदालतले मेस्सीमाथि अनावश्यक आरोप लागेको, उनको सामाजिक प्रतिष्ठामा आँच आएको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७