विश्वकप फाइनल : पहिलो हाफमा फ्रान्सलाई २–१ को अग्रता, आफनै कारण क्रोएसियाले गोल खाए


३१ असार २०७५, आईतवार

काठमाडौं, ३१ असार (एजेन्सी) । रसियामा जारी विश्वकपको फाइनल खेलको पहिलो हाफमा फ्रान्सले अग्रता लिएको छ । रसियाको लुजनिकी स्टेडियममा भइरहेको पहिलो हाफमा क्रोएसिया आफनै कारण २–१ गोलले पछि परेको हो ।

खेलको १८ औं मिनेटमा फ्रिकिकबाट प्राप्त बललाई क्लियर गर्ने क्रममा म्यान्डुजुकिकले आफ्नै पोस्टमा बल छिराएपछि फ्रान्सले अग्रता लिएको थियो ।

त्यसपछि एक गोलले पछाडी परेको अवस्थामा क्रोएशियाका पेरिसिभिकले सुन्दर गोल गर्दे बराबरी गोल फर्काएका थिए । उनले खेलको २८ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । तर फ्रान्सले फेरी १० मिनेट भित्रे अग्रता लियो ।

क्रोएशियाका खेलाडीले डिएरियामा बल ह्यान्ड गरेपछि फ्रान्सले प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै फेरि अग्रता लियो । फ्रान्सका लागि ३८ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दे २–१ अग्रता लिए ।

पहिलो हाफ सकिदा फ्रान्स १ सट प्रहार गरे भने क्रोएसियाले ७ सट प्रहार गरे । जसमा एक प्रहार भने सफल भयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७