लुका मोड्रिचकाे पीडादायी कथा, जो बम–ग्रिनेड र अभाव झेल्दै खेलिरहे

विश्वकपको उत्कृष्ट खेलाडी लुका मोड्रिचको पीडादायी कथा


३२ असार २०७५, सोमबार
luka madrik 123

आइतबार विश्वकपको फाइनलमा फ्रान्ससँग पराजित भएपछि क्रोएसियाका कप्तान लुका मोड्रिच आकाशतिर फर्केर निकै रोए । कुनै चर्चामा नै नरहेको आफ्नो देशलाई फाइनलसम्म लगेका लुका मोड्रिच रोइरहदा उनका देशका समर्थकहरु पनि उसैगरी रोइरहेका थिए । उत्कृष्ट खेलाडी घोषित भए । आँशु पुछेर मञ्चतिर उक्लिए ।lukamodric

गोल्डन बल लिइसकेपछि उनलाई क्रोएसियाका राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिचले अंगालो मारे । क्रोएसियाली खेलाडीहरुका प्रेरणा र उर्जाको स्रोत बनेकी राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिचले निकै रुदै निकै समय अंगालोमा हालि रहिन् । त्यो खुसी र दुःख दुबैको आँशु थियो । गोल्डेन बलको उपाधि लिदै गर्दा उनी उत्साहित थिएनन् । गोल्डेन बल उनले अनुहारभन्दा माथि उचालेनन् ।

मञ्चको छेउमा गएर तस्बिर खिचाए । तर,छेउमै उभिएका उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका फ्रान्सका युवा खेलाडी केलियन एमबापे मुस्कुराई रहदा उनको आँखामा आँशु टिलपिलाईरहेको थियो ।

Luka Modric 1

क्रोएसियाको कुल जनसंख्या ४१ लाख ७० हजार मात्रै छ । नेपालमा जस्तै क्रोएसियाली फुटबलमा भ्रष्टाचार व्याप्त छ । क्रोएसियाको जनसंख्या घट्दो छ, किनभने आर्थिक अवसरको खोजीमा क्रोएसियाली पश्चिमा देश पलाउन हुने क्रम जारी छ । आर्थिक समस्याको कारण खेलाडीहरु आफ्नो क्लब छिटो छिटो बदल्न बाध्य छन् । उनीहरुले भाडामा लिएका भ्यानहरूमा निद्रारहित रातहरू बिताएका छन् । अनेकौं अभाव, पीडा, अप्ठ्यारो र समस्यालाई झेलेर पनि मोड्रिचले आफ्नो टिमलाई यहाँसम्म ल्याए । उनको देशको जति पीडा छ, उनको विगत पनि उस्तै पीडादायी छ ।

 

९ सेप्टेम्बर १९८५मा जन्मिएका हुन् मोड्रिच । उनका बुवाआमा कारखानामा काम गर्न घरदेखि टाढा जान्थे । मोड्रिच आफ्ना हजुरबुवासँग बस्थे । उनकै काखमा सुत्थे । उनकै काँधमा चढ्थे। हजुरबुवा पनि उनलाई निकै माया गर्थे । मोड्रिच ६ वर्षका हुँदा उनको गाउँ मोड्रिचीमा केही सर्वियन मिलिसिया आए । त्यतिबेला बाल्कन युद्द चलिरहेको थियो। ती मिलिसियाले केही निर्दोष गाउँलेलाई मारिदिए । मारिनेमा मोड्रिचका हजुरबवा पनि थिए । जो वस्तुभाउ चराउन गएका थिए । मिलिसियाले बाँचेकालाई गाउँ छोडेर जान उर्दी दिए ।

मोड्रिच पनि आफू जन्मिएको पहाडको काखमा रहेको मोड्रिची गाउँ छोडेर जान बाध्य भए । बुवाआमाले उनलाई तटीय सहर जदारमा ल्याए । त्यहाँ उनीहरू आन्तरिक शरणार्थी बनेर बसे । जदारमा मोड्रिचको घर थिएन उनीहरू होटलमा बसे । युद्द जारी थियो । बिजुली र पानीको राम्रो सुविधा नभएको उनीहरूको कोठाबाट बम र ग्रिनेड पड्केको आवाज आइरहन्थ्यो ।

Luka

मोड्रिच भने होटलभित्रै फुटबल खेल्थे । ‘बम र ग्रिनेड पड्केरभन्दा उनले हानेका बलले होटलका धेरै सिसा फुटे,’ कोलोभेयर होटलका प्रवक्ताले भने,‘उनी जतिबेलामा पनि होटलको हलमा फुटबल खेलिरहेका हुन्थे।’ त्यो ज्यादै कठिन समयमा पनि मोड्रिचले हार मानेनन् ।  ‘धेरै वर्षसम्म हामी पैसाको अभाव झेल्दै होटलमा बस्यौं । तर मैले कहिल्यै फुटबल छोडिनँ। म अहिले पनि सम्झन्छु पहिलो पटक खुट्टामा सिन प्याड लगाएको । तिनमा ब्राजिलका रोनाल्डो थिए । मलाई ती खुब मन पर्थे’ मोड्रिचले भनेका छन् ।

उनले हजुरबुवा गुमाउनु पर्दाको पीडाले आफूलाई बलियो बनाएको बताएका छन् । ‘६ वर्षको हुँदा युद्धले हामीलाई शरणार्थी बनायो । त्यसैले मलाई बलियो पनि बनायो। त्यो म र मेरो परिवारका लागि निकै कठिन बेला थियो। तर म सधैँ त्यही कुरा सम्झिरहन चाहन्न नत सधैँका लागि बिर्सन नै चाहन्छु,’ मोड्रिचले भनेका छन् । १० वर्षको हुँदा उनलाई धेरै प्रशिक्षक कमजोर र लजालु भएकाले फुटबल खेल्न नसक्ने बताउँथे ।

luka madrik

जदारमा उनलाई प्रशिक्षण दिने टोमिस्लाभ बेसिचले भने उनलाई राजधानीको क्लब डिनामो जाग्रेबमा ट्रायल दिन लगाए। २००३ मा उनी सो क्लबमा आवद्ध भए । त्यहीँबाट उनको प्रतिभाले प्रष्फुटन हुने मौका पायो। त्यसपछि भने मोड्रिचले पछाडि फर्कनु परेन । सन् २००८ मा उनी लण्डनको टोटेनहम हटस्पर गए । चार वर्ष त्यहाँ बिताएपछि सन् २०१२ मा उनी स्पेनिस क्लब रियल मेड्रिड पुगे ।  उनले २०१० मा भान्जा बोसनिकसँग विवाह गरे । अहिले आठ वर्षका इभानो, पाँच वर्षकी इमा र एक वर्षकी सोफिया गरी उनको तीन सन्तान भएका छन् ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७