दयाहाङ जस्तो कलाकार आधा शताव्दीमा एक पटक जन्मन्छ: निर शाह


१७ कार्तिक २०७४, शुक्रबार
nir shaha निर शाह

 

काठमाडौं : अभिनेता साथै फिल्म निर्देशक निर शाहले दयाहाङलाई आधुनिक सिनेमाको ‘स्टेरीङ’ भएको बताएका छन् ।
बिहीबार राजधानीमा भएको फिल्म कान्छीको गीत सार्वजनिक कार्यक्रममा उनले अभिनेता दयाहाङ राईको प्रशंसा मात्रै गरेन फिल्म क्षेत्रले दयाहाङ जस्तो कलाकार आधा शताब्दीमा एक पटक मात्रै पाउने जिकिर गरे ।

nir shaha निर शाह
शाहले आधुनिक नेपाली सिनेमाको रूप परिवर्तन गरिदिएको बताएका छन् । नेपाली सिनेमाको पुरानो संस्कार तोडेको बताउँदै नेपाली सिनेमाले नयाँ दिशामा प्रवेश गरेको बताएका बताउँदै ‘दयाहाङ जस्तो व्यक्ति आधा शताव्दीमा एक पटक मात्रै जन्मन्छ ।’ उनले भने, मैले दयाहाङबाट प्रशिक्षित र दिक्षित हुने अवसर पाएँ ।’
दयाहाङले पनि निर शाहको मुल्याङनले आफू भावुक र खुसी भएको बताए । फिल्म कान्छीमा निर शाह श्वेताको पिताको भूमिकामा रहेको छ । दयाहाङ राई, स्वेता खड्का, निर शाह, अनु शाह, प्रज्जवल सुजल गिरी लगायतका कलाकाले अभिनय गरेका छन् । फिल्म माघ २६ मा प्रदर्शन मिति तोकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७