मेस्सी र रोनाल्डोको स्थान लिंदै एमबाप्पे


३२ असार २०७५, सोमबार
Kylian Mbappe

काठमाडौं, ३२ असार । इङ्ल्याण्डका पूर्व डिफेण्डर रियो फर्डिनान्डले लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले विश्वको उत्कृष्ट खेलाडीको स्थान फ्रान्सका युवा खेलाडी किलियन एमबाप्पेलाई सुम्पन लागेको बताएका छन् ।102541425 1dfd6a93 7ed0 4f2c ba20 8d12c1a9f819

मस्कोमा भएको फाइनल खेलमा फ्रान्सले क्रोएशियासँग ४–२ ले जित्दा १९ वर्षीय एमबाप्पेले आफ्नो देशको तर्फबाट विश्वकपमा चौथो गोल गरे । उनले यो विश्वकपमा पेरु, अर्जेन्टिना र क्रोएशियाविरुद्ध गोल गरेका हुन् । उनी सन् २०१८को विश्वकप प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको उपाधि पनि आफ्नो पोल्टामा पार्न सफल भए ।

परिपक्व

सन् १९९८ मा पहिलोपटक विश्वकप जितेको फ्रान्सले २० वर्षपछि पुनः विश्वकप जितेको हो । म्यान्चेस्टर युनाइटेडका पूर्व डिफेण्डर फर्डिनान्डले भने, ‘आउँदा वर्षमा उनी त्यो बालोन डो’र उपाधिका लागि उभिने प्रतिभा राख्छन् ।’ ‘म आशा गर्छु मेरो पुरानो क्लबले उनलाई पछ्याइरहेको छ । पल पोग्बा (म्यान्चेस्टर युनाइटेडका खेलाडी) सँग पनि उनको सम्बन्ध छ ।’

फर्डिनान्डले एमबाप्पेबारे थपे, ‘आफ्नो उमेरभन्दा निकै परिपक्व छन् उनी ।’ प्यारिस सेन्ट जर्मेइन फुटबल क्लबका अनुसार सन् १९५८ मा पेलेले विश्वकप फाइनलमा गोल गरेपछि विश्वकपमा गोल गर्ने एमबाप्पे दोस्रा युवा खेलाडी भएका छन् । पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा विश्वकप जिताएका थिए ।102541923 047794514

उपाधि

३३ वर्षीय रोनाल्डो र ३१ वर्षीय मेस्सी एक दशकसम्म विश्वको उत्कृष्ट खेलाडी रहेका छन् । विगतका १० वटा बालोन डो’र उपाधि कहिले रोनाल्डोले त कहिले मेस्सीले जितेका छन् । जर्मनीका स्ट्राइकर तथा व्यवस्थापक एर्गन क्लिन्जमनले भने, ‘फ्रान्सको टोलीसँग १० वर्षसम्म खेलिसकेको जस्तो देखिन्छ एम्बाप्पेको खेल । अरु धेरै उनका खेल कौशल त देखिनै बाँकी छ ।’ ‘उनले बजारमा तहल्का मच्चाइरहेका छन् । रोनाल्डो र नेयमारले क्लब परिवर्तन गर्ने भन्ने चर्चा चलिरहँदा हेरौं यी युवा खेलाडी चाहिँ कहाँ आबद्ध हुनेछन् ।’ बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७