प्रभावशाली महिलाको सुचीमा १५औँ स्थानमा प्रियंका चोपडा


१७ कार्तिक २०७४, शुक्रबार
priyanka chopada प्रियंका चोपडा

एजेनसी, भारतीय अभिनेत्री प्रियंका चोपडा फोर्ब्सको सय जनाको प्रभावशाली महिलाको सूचीका १५ स्थानमा परेकी छिन् ।
फोर्ब्सले चोपडालाई मनोरञ्जन र मिडियाको क्षेत्रमा सबैभन्दा प्रभावशाली भएको ठर गर्दै सय प्रभावशाली महिलाको सूचीमा राखेको छ । यो सूचीमा पप क्वीन बियोन्स चौथो स्थानमा छिन् तर, गायक टेलर स्विफ्ट १२ औँ र ह्यारी पोटरकी लेखिका जे.के. रोलिंग १३ औँ स्थानमा अटाएकी छन् ।

priyanka chopada प्रियंका चोपडा
यो सूचीमा जर्मनीको चान्सलर पहिलो स्थानमा, बियोन्स ५० औँ र टेलर ८५ औँ स्थानमा परेकी छन् । यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवाङका ट्रम्पले पनि फोर्ब्सको सय सबैभन्दा पावरफूल महिलाको सूचीमा प्रवेश गरेकी छिन् । आफ्नो दमदार अभिनयसँगै प्रियंका यूनिसेफको गुडविल एम्बेसडरको रूपमा योगदानका लागि चिनिएकी छिन् ।
प्रियंकाले बलिउडको साथै अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो पहिचान बनाएकी छन् । फोर्ब्सले आफ्नो कथनमा प्रियंकाको अमेरिकी टेलिभिजन सो ‘क्वान्टि’को पनि मन पराएको छ । फोर्ब्सले लेखेको छ, प्रियंका बलिउडदेखि हलिउडसम्म पुग्ने एक सफल अभिनेत्री हुन् । प्रियंका कुनै अमेरिकन टेलिभिजन सो मा काम गर्ने पहिलो भारतीय अभिनेत्री हुन् ।’ प्रियंका फोर्ब्सको सबैभन्दा बढी कमाई गर्ने टिभी अभिनेत्रीको सूचीमा आठौँ स्थानमा पुगेकी छिन् ।
गत वर्ष प्रियंका यो सूचीमा १० औँ स्थानमा थिइन् । त्यस्तै, गत वर्ष फोर्ब्स द्वारा जारी गरिएको बलिउडको टप १० आम्दानी गर्ने स्टार्सको सूचीमा प्रियंका सातौँ स्थानमा परेकी थिइन् । प्रियंकालाई एबीसीको क्वान्टिको सीरीजका लागि दुई पटक पीपुल्स च्वाइस अवार्ड पाइसकेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७