अब ब्रिटिश गोर्खा फौजमा महिलालाई पनि भर्ती गरिने


३२ असार २०७५, सोमबार

काठमाडौ‌ं,  ३२ असार :  ब्रिटिश सेनाले गोर्खा ब्रिगेडमा सन् २०२० सम्ममा नेपाली महिलालाई पनि भर्ती गर्ने एकतर्फी घोषणा गरेको छ ।
नेपालीहरू दुई सय वर्षभन्दा अघिदेखि ब्रिटिश गोर्खा फौजमा सहभागी हुँदै आएका छन्। यो अवधिमा महिलाहरूलाई पनि लडाकु सैन्यका रूपमा भर्ती गर्न लागिएको यो पहिलो अवसर हो । तर, यो बिषयमा नेपाल सरकार भने जानकार छैन ।

UK army
फाइल तस्बिर

बीबीसी नेपाली सेवालाई दिएको लिखित जवाफमा ब्रिटेनका रक्षामन्त्री ग्याभिन विलियम्सनले ‘महिलाहरूले सो सर्वोत्कृष्ट ब्रिगेडमा सेवा गर्ने अवसर पाउनु उचित भएको’ बताएका छन्। ब्रिटिश सेनाका एकजना वरिष्ठ अधिकारी एवम् गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनन्ट जनरल निक पोप, सीबीईले यो निर्णयले ब्रिटिश सेनाको खुलापन र विविधता प्रतविम्बित गर्ने बताए।

बीबीसी नेपाली सेवालाई उपलब्ध उनको टिप्पणीअनुसार यो नीति महिलाहरूलाई पनि स्थलगत लडाइँमा प्रत्यक्ष सहभागी हुने अवसर दिने ब्रिटिश सरकारको निर्णय अनुरूप नै छ। “ब्रिगेड अफ गुर्खाज सन् २०२० सम्ममा महिला आवेदकहरूका लागि पनि खुल्ला हुनेछ,” उनले भने।

छनोट प्रक्रियामा सहभागी हुन आवेदकको तौल ५० केजी र उचाइ १५८ सेन्टिमिटर (पाँच फुट एक इन्च) बढी हुनुपर्छ। उनीहरू आठ चोटि ‘अन्डर्आर्म हीभ’ गर्न सक्षम पनि हुनुपर्छ। छनोटका लागि आवेदक महिलाहरूले २५ केजी बालुवा डोकोमा बोकेर पाँच किलोमिटर उकालो दौडिनुपर्नेछ। भर्ना प्रक्रिया पोखरामा हुनेछ। छानिएका आवेदकहरूले ब्रिटेनको नर्थ योर्कशरस्थित क्याट्रिकमा १० हप्ता तालिम लिनेछन्।

सन् १८१५ मा नेपालमा आक्रमण गर्दा ठूलो क्षति बेहोरेपछि ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपालबीच एउटा सम्झौता भयो। त्यसअनुसार नेपालीहरू पनि ब्रिटिश फौजमा भर्ती हुन पाउने भए। न् १९४७ मा भारत विभाजित भएपछि नेपाल, भारत र ब्रिटेनबीच अर्को सम्झौता भयो। त्यसपछि भारतमा भएका चारवटा गोर्खा रेजिमेन्टहरू ब्रिटिश सेनामा सारिए। तिनै रेजिमेन्टहरू मिलाएर ब्रिग्रेड अफ गुर्खाजको गठन भयो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७