पत्रकार नविनबाबु गुरुङद्वारा निर्देशित भिडियो सार्वजनिक


१७ कार्तिक २०७४, शुक्रबार

काठमाडौं: फोटो पत्रकार तथा निर्देशक नविनबाबु गुरुङद्वारा निर्देशित ‘के देखेथे एकै नजर’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

nabin babu gurung

चर्चित गायक राजेश पायल राइै स्वर र लोक राईको शब्द रहेको गीत शुक्रबार सार्वजनिक भएको हो । सागर थापा र सब्बु गुरुङको अभिनय रहेको उक्त म्युजिक भिडियोलाई सतिस श्रेष्टले सम्पादन गरेका हुन्।

फोटो पत्रकारिता संगै म्युजिक भिडियो निर्देशन र छायांकनमा ब्यस्त बनेका नबिनले यस म्युजिक भिडियोमा मेगा स्टार राजेश पायल राइको स्वर अनि उत्तिकै मिठो दिनेश सुब्बाको संगीत रहेको बताए।कुमार थापाको संगीत संयोजन रहेको यस म्युजिक भिडियोमा सगर थापा र सब्बु गुरुङको बेजोड अभिनय देख्न सकिन्छ।

सागर थापा नाटक बाट आएका कलाकार हुन् भने सब्बु गुरुङ नाटकमै प्रशिक्षणरत कलाकार हुन्। गीतकार लोक राई लामो समय देखि गीत लेख्नमा ब्यस्त रहँदै आएका छन् । उनको सयौं गीतहरु बजारमा आएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७