चमत्कारी एमबाप्पेको मनकारी काम : विश्वकपको सबै कमाइ अपाङ्गता बालबलिकालाई


१ श्रावण २०७५, मंगलवार
Mbappe

काठमाडौं, १ साउन । १९ वर्षको उमेरमै विश्व फुटवलमा चमत्कार देखाएका फ्रान्सेली स्टार एमबाप्पे फुटबलका ‘चमत्कारी’ मात्र छैनन् सामाजिक कामका लागि पनि उतिकै ‘मनकारी’ देखिएका छन् ।Kylian Mbappe

फ्रान्सलाई रसियामा सम्पन्न विश्वकप २०१८ को उपाधि जिताउन युवा फरवार्ड केलियन एमबाप्पेको भूमिका उत्कृष्ट रह्यो । १९ वर्षीय स्टार एमबाप्पेले ७ खेलमा ४ गोल गर्दै फ्रान्सलाई विश्व विजेता बन्न मात्र सघाएनन्, व्यक्तिगत रुपमा उनी फुटबलका महान खेलाडी पेलेपछि विश्वकपमा गोल गर्ने दोस्रो युवा खेलाडी समेत बने ।

सन् २०१७ मा जर्मन क्लब पेरिस सेन्ट जर्मेनमा १६६ मिलियन पाउण्ड लोनमा आवद्ध भएका एमबाप्पेको खेलले पिएसजी समर्थकलाई पनि खुशी तुल्याएको छ । आगामी सिजनमा भने उनी पूर्णरुपमा क्लबसँग जोडिने छन् । विश्वकपको ट्रफीसहित स्वदेश फर्किदा फ्रान्सेली टोलीलाई भव्य स्वागत गरिएको थियो । सो लगत्तै उनले विश्वकपका दौरानमा आफूले कमाएको सबै रकम उपचाररत तथा अपाङ्गता भएका बालबालिकाहरुलाई सहयोग गर्ने घोषणा गरेका छन् । विश्वकपमा आफ्नो खेल कौशलका माध्यमबाट फुटबलप्रेमीको मन जितेका एमबाप्पेको यो घोषणापछि उनको थप चर्चा चुलिएको छ ।

उनले ‘प्रिमियर डे कोर्डे’ च्यारिटी संसस्थामार्फत करीब ३ लाख ८४ हजार पाउण्ड सहयोग गर्ने बताइएको छ । फ्रान्सेली पत्रिका ‘लिकुइप’ का अनुसार उक्त च्यारिटी संस्थाले शारिरीक रुपमा अशक्त बालबालिकाहरुका लागि निःशुल्क रुपमा खेलकुदसम्बन्धी तालिम दिने गर्दछ । ‘स्पोट्र्स इलुस्ट्रेटेड’ का अनुसार विश्वकपमा खेलिएका प्रत्येक खेलमा एमबाप्पेको तलब १७ हजार पाउण्ड तोकिएको थियो । यसका अलावा सबै खेलहरुमा उनले छुट्टै २ लाख ६५ हजार पाउण्ड बोनस प्राप्त गरेका थिए । एमबाप्पेले खेलेका ७ खेल तथा बोनससहितको हिसाब गर्दा उनले ३ लाख ८४ हजार पाउण्ड सहयोग गर्नेछन् ।france 2

एमबाप्पेले सन् २०१७ देखि नै उक्त संस्थालाई सहयोग गर्दै आएका थिए । विश्वकप जितेपछि उनले गरेको यस घोषणाले मानवीय कारण अपाङ्गता भएकाहरुका लागि अझै राम्रोसँग सेवा दिन सकिने ‘प्रिमियर डे कोर्डे’ ले जनाएको छ । विश्वकपमा भएको आफ्नो पूरा कमाइ सहयोग गर्ने बताएका एमबाप्पेले बालबालिकाहरुसँगै फुटबल खेल्ने पनि च्यारिटीले जनाएको छ । एमबाप्पेको उक्त घोषणासँगै उक्त च्यारिटीका व्यवस्थापक सेविस्टियन रफिनले एमबाप्पे महान् व्यक्ति भएको बताएका छन् ।

फ्रान्सेली पत्रिका ‘लि पेरिसियन’ सँगको कुराकानीमा उनले भने, ‘एमबाप्पेको बालबालिकासँग निकै राम्रो सम्बन्ध छ । उनले बालबालिकाहरुमा सकारात्मक भावना प्रवाह गरिरहन्छन् । उनको समय तालिकामा केही फूर्सद मिल्ने बित्तिकै हामी एकसाथ खुशी मनाउने छौं ।’ एमबाप्पेको यस कार्यले फ्रान्सेली टोलीका अन्य सदस्यहरुलाई पनि प्रेरणा मिलेको बताइएको छ । फ्रान्सेली पत्रिका ‘लिकुइप’ का अनुसार केही खेलाडीहरुले आफ्नो कमाइको केही हिस्सा बोन्डीस्थित जेन रिनोइर कलेजका २५ विद्यार्थीको रसियामा शैक्षिक भ्रमणका लागि सहयोग गर्नेछन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७