दुवईमा वेटर गरिरहेका नरेन्द्रलाई एक किलो सुन उपहार


१ श्रावण २०७५, मंगलवार
sun

इलाम, १ साउन । दुवई (युएइ) मा वेटर काम गरिरहेका इलाम जमुना–४ का नरेन्द्र मगर आफू एक्कासी एक किलो सुनको मालिक बन्न लागेको कुराले आफै छक्क परेका छन् ।sun

सपनामा समेत यति धेरै सुन नदेखेका उनी आफै यति सुनको हकदार बन्ने सौभाग्य पाएपछि सपनामा नदेखेको कुरा पनि विपनामा पूरा हुँदोरहेछ भन्ने निष्कर्षमा पुगेका छन् । उनले दुवईमा एक किलो सुन उपहार पाएका छन् । दुवइको एक मनी एक्सचेन्जबाट पैसा पठाएका उनले एक किलो सुन उपहार पाएका हुन् । अल अहलिया एक्सचेन्जमार्फत पैसा पठाएका इलाम–४ जमुनाका नरेन्द्र मगरलाई एक किलो सुन उपहार परेको हो । लक्की ड्र गर्दा नेपाली नागरिक नरेन्द्र मगरको नाम सार्वजनिक भयो । तर नरेन्द्रसँग दिनभर सम्पर्क हुन सकेन ।

‘नेपाल पैसा पठाउँदा एक्सचेन्जलाई दिएको नरेन्द्रको नम्बरमा फोन गर्दा उहाँसँग सम्पर्क हुन सकेन, हामीले नेपालमा आफन्तसँग सम्पर्क गरिरहेका छौं,’ एक्सचेन्जका नेपाल प्रमुख बेनीमाधव ढकालले भने । गएको १६ मे बाट १४ जुलाईसम्म चलाइएको समर सरप्राइज अफर अन्तर्गत पैसा पठाउनेमध्ये एक जनालाई मेघा ड्रमार्फत एक किलो सुन उपहारको व्यवस्था गरिएको थियो । आइतबार भएको ड्रमा २ वर्षदेखि युएईको ट्रान्सगार्ड कम्पनीमा वेटरमा कार्यरत नरेन्द्रलाई उपहार परेको एक्सचेञ्जका अपरेसन हेड कमल सुब्बाले जानकारी दिए ।
आबुधाबीको इलेक्ट्रा शाखामा स्थानीय प्रशासनका प्रतिनिधिको उपस्थितिमा कम्प्युटर प्रणालीमार्फत लक्की ड्र गरिएको थियो । नरेन्द्रले गएको १२ जुनमा बरदुबईमा रहेको एक्सचेन्जको शाखाबाट सात सय दिर्हाम नेपाल पठाएको एक्सचेन्जका नेपाल प्रमुख बेनीमाधब ढकालले बताए ।

 सुन नेपाल कसरी लैजाने ?

लक्की ड्रमा परेको सुन नरेन्द्रलाई नेपाल लैजान भने समस्या हुन्छ । किनभने विदेशबाट ५० ग्राम भन्दा धेरै सुन नेपाल लैजान पाइन्न । तर एक्सचेन्जले सुनको सट्टा पैसा दिने व्यवस्था गरेको छ । लक्की ड्र भएको दिन स्थानीय बजारमा रहेको सुनको मूल्य अनुसार नगद प्रदान गरिने छ । आइतबारको बजार भाउ अनुसार नरेन्द्रले एक लाख ५० हजार २५० दिर्हाम अथवा ४४ लाख ७८ हजार ९५२ रुपैयाँ पाउनुहुन्छ । नरेन्द्रले पाउने रकममा कर लाग्दैन । एक्सचेन्ज कम्पनीले नै बेहोर्छ ।

परिवारसँग खुशी साट्छु : नरेन्द्र

उपहारमा पाएको रकमले परिवारसँग खुशी साट्न चाहेको नरेन्द्रले बताएका छन् । ‘मसँग सम्पर्क हुन नसकेर परिवारसँग सम्पर्क गर्नुभएछ । ड्युटीमा भएकाले सम्पर्क हुन नसकेको हो,’ नरेन्द्रले भने । आफूले मेहनत गरेर दुई जना बहिनीलाई बिर्तामोडमा राखेर पढाइरहेको उनले सुनाए । ‘दाइ दशैँमा नेपाल आउने कुरा थियो, तर बिदा मात्रै आउने कि नफर्किने गरी आउने पक्का थिएन,’ नरेन्द्रकी बहिनी अनिसाले भनिन्, ‘दाइले उपहार पाएको कुरा सुनेपछि सबैजना खुशी छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७