गोविन्दराज जोशी उम्मेदवार बन्न अयोग्य : रामचन्द्र पौडेल


१७ कार्तिक २०७४, शुक्रबार

काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफुविरुद्ध बागी उम्मेदवारी दिएको गोविन्दराज जोशी उम्मेदवार बन्न अयाेग्य भएकाे बताएका छन् ।  तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेको पौडेलविरुद्ध गोविन्दराज जोशी अयाेग्य भएकाे भन्दै उम्मेदवारी खारेजको माग गर्दै उजुरी दिएको हाे ।

Ramchandra gobinda joshi
जोशीविरुद्ध पौडेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन् । जोशी विशेष अदालतबाट दोषी ठहर भएको भन्दै पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन अनुसार उम्मेदवारी खारेजको माग गरेका छन् ।

भ्रष्टाचार मुद्दामा विशेष अदालतले जोशीलाई १० साउन २०६९ मा दोषी ठहर गरेको थियो । तर, त्यसविरुद्ध जोशीले दिएको पुनरावेदन सर्वोच्चमा विचाराधीन छ ।

पूर्वगृहमन्त्री समेत रहेका जोशीले काँग्रेसबाट तनहुँ १ को टिकट दाबी गरेका थिए । विशेष अदालतको फैसला अहिले पनि कायम रहेकाले जोशीले चुनाव लड्न नपाउने दाबी पौडेलको छ ।
पौडेलको निवेदनमा भनिएको छ, ‘तनहुँ जिल्ला क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिनु भएका श्री गोविन्दराज जोशी विशेष अदालतको मिति २०६९ साल श्रावण १० गतेको फैसलाबाट दोषी ठहर हुनु भएको र उक्त फैसला हालसम्म कायम नै रहेकाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ घ अनुसार उहाँ उम्मेदवार हुन अयोग्य हुनुभएको हुँदा उहाँको उम्मेदवारी खारेज गरी पाउन सादर अनुरोध छ।’

ramchandra govinddaraj

यस्तो छ उम्मेद्वारको योग्यता सम्बन्धि नियम: 

nirbachan

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७