मोवाइलबाट बैकिङ भुक्तानी कतिसम्म कारोबार गर्न पाइन्छ ? आजबाट लागू भयो नयाँ व्यवस्था


१ श्रावण २०७५, मंगलवार
Mobile Banking

काठमाडौं,साउन १: मोबाइल बैकिङबाट भुक्तानी कारोबार गर्दा एक पटकमा पाँचहजार रुपैयाँमात्र कारोबार गर्न पाइने भएको छ । तर, एक दिनमा भने १५ हजार रुपैयाँसम्मको कारोबार गर्न पाइनेछ । कारोबारको बिल वा विवरण प्राप्त हुने अवस्थामा बाहेक मासिक ५० हजार भन्दा बढी भुक्तानी वा जम्मा गर्न पाइने छैन ।Mobile Banking

यता, इन्टरनेट बैकिङबाट कारोबार गर्दा एकदिनमा एकलाख रुपैयाँ सम्मको पाइनेछ भने महिनामा पाँचलाख रुपैयाँ भन्दा बढीको कारोबार गर्न नपाइने राष्ट्र बैंकले स्पष्ट पारेको छ । यस्तै, रेमिट्यान्स रकमपनि एकलाख रुपैयाँ सम्म नगद नै भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ भने सो भन्दा बढी गर्नुपरे बैंक खाता वा चेक मार्फतनै गर्नुपर्नेछ ।

बैंकहरुले प्रिपेड कार्ड जारी गर्दा एकपटकमा एक लाख रुपैयाँसम्मको कार्ड जारी गर्न सक्नेछन् । प्रिपेडकार्डबाट एकपटकमा २५ हजार रुपैयाँ सम्म झिक्न सकिनेछ । एकदिनमा भने एकलाख रुपैयाँसम्म झिक्न पाइने राष्ट्र बैंकले जनाएको छ ।

यदि सम्बन्धित बैंक तथा वित्तिय संस्थाले राष्ट्र बैंकको निर्देशन पालना गरेनन् भने कारबाही हुने जनाइएको छ । यदि भुक्तानी सेवाको स्तर बृद्धि, मर्मत सम्भारजस्ता काम गर्नुपर्ने भएमा राष्ट्र बैंकलाई जानकारी गराउनुपर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७