नवील बैंकद्वारा १२ गाउँपालिकामा शाखा


२ श्रावण २०७५, बुधबार
nabil bank

काठमाडौँ, २ साउन  । नवील बैंकले देशका विभिन्न गाउँपालिकामा १२ शाखा मंगलबारदेखि थप गरेको छ । बैंकिङ सेवा शुरु भएका गाउँपालिकामा डडेल्धुराको आलिताल, सुर्खेतको बराहताल, बझाङको वित्थडचिर, रुपन्देहीको सम्मरीमाई, जुम्लाको तिला, सल्यानको दार्मा, बैतडीको पञ्चेश्वर, डोटीको सायल, अछामको रामारोशन र तुर्माखाद, कालीकोटको पचालझरना र पलाँता छन् ।nabil bank

यहाँ मंगलबार आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले ती गाउँपालिकाका शाखाको विद्युतीय स्वीच थिचेर उद्घाटन गरेको हो । मन्त्री खतिवडाले ग्रामीण भेगमा गरिएको शाखा विस्तारबाट वित्तीय कारोबार बैंकिङ प्रणालीबाट गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बैंकिङ सेवा पुग्न नसकेका स्थान तथा अन्य गाउँपालिकामा पनि सेवा विस्तार गर्न सुझाव दिँदै उनले समृद्ध नेपाल सुखी नेपालीका लागि वित्तीय समावेशिता, बैंकिङ पहुँच तथा बैंकिङ महत्वका बारे बताए।

बैंकका कार्यकारी अधिकृत अनिलकेशरी शाहले प्रत्येक गाउँमा बैंकिङ सेवा विस्तार गरी वित्तीय अनुशासन कायम गर्न केन्द्रीय बैंकले दिएको निर्देशनअनुसार अन्य स्थानमा पनि शाखा थप गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७