प्रहरी निरीक्षक नै काठ तस्करीमा, स्थानीयले दिए उजुरी


२ श्रावण २०७५, बुधबार
Sakhuwa wood 20180606130350

डोटी, २ साउन । प्रहरीको आवरणमा काठ तस्करी गरेको भन्दै डोटीको वीपीनगर ईलाका प्रहरी कार्यालयका इन्चार्जविरुद्ध स्थानीयले तस्करीको उजुरी दर्ता गराएका छन् । काठ तस्करीमा प्रहरी निरीक्षक नृपबहादुर बोहराको संलग्नता रहेको दावीसहित स्थानीयले इलाका वन कार्यालय वीपीनगरमा मंगलबार उजुरी दर्ता गरेका हुन् ।Sakhuwa wood 20180606130350

जिल्ला वन कार्यालय डोटीका सहायक वन अधिकृत सुरेश रोकायले दर्ता भएको उजुरीका सम्बन्धमा अध्ययन भइरहेको जानकारी दिए । प्रमाणित भएमा बोहरालाई अवैध रुपमा काठ ओसारपसार सम्बन्धी कसुरमा कार्बाही हुने र ठहर भएमा बिगो जफत गरी दोब्बर जरिवाना हुने उनले बताए ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले घटनाबारे विस्तृत जानकारी नभएको बताएका छन् । उनले भने, ‘घटनाबारे अध्ययन गर्छौ । गल्ती प्रमाणित भए नियमानुसार विभागीय कार्वाही हुन्छ ।’ यता प्रहरी निरीक्षक नृपबहादुर बोहराले आफूविरुद्ध स्थानीयले उजुरी दर्ता गरे पनि घटनामा आफ्नो संलग्नता नभएको दावी गरेका छन् ।

प्रहरी इन्चार्ज नै काठ चोरीमा संलग्न भएको भन्दै स्थानीयले प्रहरी कार्यालय घेराउ गरेका छन् । आफूहरूले नियन्त्रणमा लिएको ट्याक्टरमा रहेको सिसौको काठ प्रहरी निरीक्षक बोहराको संलग्नतामा तस्करी भएको स्थानीयको आरोप छ । सोमबार राति ५३.९ क्यू फिट सिसौको काठ प्रहरी निरीक्षक बोहराको संलग्नतामा तस्करी गरेर बड्डीकेदार गाउँपालिकाको वीपीनगरबाट धनगढीतर्फ लैजाँदै गरेको सूचना पाएपछि स्थानीय युवाले काठ नियन्त्रणमा लिएको डोटी बडिकेदार गाउँपालिका–१ का भिमबहादुर बोहराले बताए । बोहराका अनुसार काठ चोरी गर्न प्रयोग गरिएको से १ त ५१८९ नम्बरको ट्याक्टर समेत स्थानीयले नियन्त्रणमा लिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७