प्रदूषण जाँचमा फेल भएका सवारीसाधन भदौं १ देखि चल्न नपाउने


२ श्रावण २०७५, बुधबार

काठमाडौं, २ साउन । सरकारले प्रदूषण मापदण्डभित्र नपरेका सवारी साधनलाई आउँदो भदौ १ गतेदेखि चल्न नदिने भएको छ । काठमाडौं उपत्यका र सबै महानगर–उपमहानगरपालिकाभित्र यस खालका सवारी सञ्चालनमा साउन १ बाटै रोक लगाउने सरकाले निर्णय गरे पनि तयारी नपुगेको जनाउँदै एक महिना अवधि थप गरिएको थियो ।

प्रदूषण जाँचसम्बन्धी उपकरणहरु सम्बन्धित केही कार्यालयमा नपुगेको र कर्मचारीलाई तालिम दिने क्रम जारी रहेकाले भदौबाट मात्र यो निर्णय लागू हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै, मन्त्रालयले सबै चारपांग्रे सवारीलाई सो अवधिभित्र चेकजाँच गराई मापदण्डमा परेमा हरियो स्टिकर टाँस्न पनि आग्रह गरेको छ । प्रदूषण जाँचमा फेल भएका गाडीहरुलाई अब कडाइका साथ बन्देज लगाइने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७