रुकुममा जीप दुर्घटना हुँदा चार यात्रुको मृत्यु, १० बढी घाइते


२ श्रावण २०७५, बुधबार
rukum

रुकुम, २ साउन । रुकुम (पूर्व) स्थित सिस्ने गाउँपालिका–५ मा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट शाही गाउँपालिकाको धौलापैरा भन्ने ठाउँमा जादै गरेको लु १ ज २५७३ नम्बरको जीप धारपानीमा दुर्घटना हुँदा चार जनाको मृत्यु प्रहरीले जानकारी दिएको छ ।rukum

मृतकहरुको पहिचान हुन सकेको छैन । दुर्घटनामा केही यात्रु घाइते छन् । घाइतेलाई उद्धार गरी स्वास्थ्य संस्थासम्म ल्याउने काम भइरहेको छ । नेपाली सेना, प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् ।

घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जानकारी दिएको छ । जीप सडकबाट करीब एक सय मिटर तल खसेको छ । बर्षाको समयमा सडक चिप्लो भएका कारण जीप दुर्घटना भएको हुन सक्ने अनुमान गरिए पनि के कारणले दुर्घटना भयो भन्ने बारेमा जानकारी आइसकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७