६६ वर्ष पालेको कीर्तिमानी नङ किन काटे यी व्यक्तिले ?


२ श्रावण २०७५, बुधबार
nail1

काठमाडौं, २ साउन । ६६ वर्षसम्म आफ्ना औंलाका नङ पालिरहेका एक व्यक्तिले अन्ततः नङ काटेका छन् । भारतका ८२ वर्षीय श्रीधर चिल्लालले ८२ वर्षको उमेरमा नङ काटेका हुन् । उनले १९५२ देखि नङ पाल्दै आएका थिए ।nail1

सन् २०१४ को नोभेम्बरमा उनले सबैभन्दा लामो नङ भएको व्यक्तिको रुपमा गिनिज बुकमा नाम लेखाएका थिए । त्यसबेला उनका नङको लम्बाई ९०९.६ सेन्टिमिटर थियो । यद्यपि, दैनिक जीवनका काम गर्न सकियोस् भनेर उनले केवल बायाँ हातमा मात्र नङ पाल्दै आएको थिए र दायाँ हातका नङ भने काट्दै आएका थिए ।

अहिले चाहिँ उनले आफ्ना बायाँ हातका कीर्तिमानी नङ पनि काटेका छन् । उनका नङ अमेरिकाको न्युयोर्क्स्थित रिप्लिज बिलिभ इट अर नट म्युजियममा राखिएको छ । यति लामो समयसम्म नङ नकाटेका कारण उनको बायाँ हातमा भारी वजनका कारण समस्या उत्पन्न भएको थियो ।

भारतको महाराष्ट्रस्थित पूणेका बासिन्दा श्रीधर आफ्नो बायाँ हातका नङसमेत काटेपछि सामान्य जीवनमा फर्किएका छन् तर हात उठाउन र चलाउन भने गाह्रो हुने गरेको छ । ६६ वर्षसम्म पालिरहँदा उनका नङ यति कडा भएछन् कि त्यसलाई काट्नका लागि फलाम काट्ने मेशिनकै प्रयोग गरिएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७