ट्रायल पास गरेकाको पनि लाइसेन्स रद्द, रिट्रायलको मौका नपाउने


२ श्रावण २०७५, बुधबार
licence

काठमाडौं, २ साउन । तपाईले लाइसेन्सका लागि ट्रायल पास गरेर राजश्व तिर्नु भयो ? तिर्नुभयो भने त ठिकै छ । यदि राजश्व तिर्न बाँकी छ भने तपाईको लाइसेन्स रद्द हुने भएको छ ।licence

सरकारले जारी गरेको यातायात व्यवस्थापन कार्यविधिअनुसार आर्थिक बर्ष २०७४–७५ मा ट्रायल पास गरेका तर राजश्व नतिरेकाको सबै रद्द हुने र नयाँ प्रक्रिया शुरु गर्नुपर्ने व्यवस्था गरेको छ ।
यो व्यवस्थाअनुसार देशभरका सबै लाइसेन्स कार्यालयमा ट्रायल पास गरी राजश्व तिर्न बाँकी रहेका २–३ हजारको लाइसेन्स रद्द हुने भएको छ । साथै, रिट्रायल पनि हुने छैन ।

मंगलबार यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र जगाती, एकान्तकुना, ठूलोभ¥याङ, सुकेधारासहित देशभरका कार्यालयमा अघिल्लो आव (२०७४–७५) मा ट्रायल पास गरेका र राजश्व तिर्न बाँकी भएका सेवाग्राही लाइसेन्स कार्यालय पुगेका थिए ।
तर, कार्यालयले उनीहरुलाई कार्यविधिअनुसार नमिल्ने र विभागबाट निर्देशन नआएको भन्दै फर्काइएको कार्यालयहरुले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७