अब क्यूमा बसेर वृत्ति विकास हुने दिन गए : आईजीपी खनाल


२ श्रावण २०७५, बुधबार
sarbendra

काठमाडौं, २ साउन : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले वृत्ति विकासका लागि क्षमता देखाउनु पर्ने बताएका छन् । अब क्यूमा बसेर वृत्ति, विकास भइहाल्छ भनेर ढुक्क हुने दिन गएको उनको भनाई छ ।

sarbendra
फाइल तस्बिर

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा मंगलबार काठमाडौं प्रहरी परिसर, महानगरीय अपराध अनुसन्धान महाशाखा, ट्राफिक प्रहरी महाशाखासहित मेट्रोका सिनियर अधिकारीलाई निर्देशन दिँदै खनालले यस्तो बताएका हुन् ।’ खनालले भने, ‘अब क्यूमा बसेर वृत्ति, विकास भइहाल्छ भनेर ढुक्क हुने दिन गए’, खनालले थपे, ‘वृत्ति विकासका लागि क्षमता देखाउनुस् । व्यवसायिक हुनुहोस् ।’

उनले गलत काम गर्ने संगठनको सदस्य हुन नसक्ने बताए । भने, ‘तपाईंहरु व्यवसायिकताभित्र रमाउनुस् । जसले राम्रो काम गर्छ, त्यो संगठनको मान्छे हो । जसले गलत कार्य गर्छ, त्यो संगठनको सदस्य हुनै सक्दैन उनले संगठनका अधिकारीहरुको राम्रो कामबाट उत्पन्न हुने अफ्ठ्याराहरुमा आफूले जिम्मेवारी लिने बताउँदै अगाडि बढेपछि खुट्टा कमाएर पछाडि नफर्कन पनि सचेत गराए । आफ्नो कार्यक्षेत्र, अधिकार र कर्तव्यभित्र रहने काममा विचलित हुनु जरुरी नभएको उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७