गेसो पदाधिकारीको नेकपा अध्यक्ष प्रचण्डसँग भेटघाट


२ श्रावण २०७५, बुधबार
pra

काठमाडौं, २ साउन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) पदाधिकारीले आज (बुधबार) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेटघाट गरेका छन् ।

pra
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग गोरखा समस्याबारे कुरा राख्दै गेसो पदाधिकारी ।

गेसो सभापति कृष्णकुमार राईको नेतृत्वमा अध्यक्ष प्रचण्डकै निवास ललितपुर खुमलटारमा भएको भेटघाटमा गेसो पदाधिकारीले आफ्नो संस्थाले गोरखा सैनिकहरुको हकहितमा उठाएको मुद्दाहरुका बारेमा अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए । भेटमा गोरखाहरु समस्या समाधानका निम्ति गठित प्राविधिक समितिले तयार गरी २२ मार्च २०१८ मा दुबै देशको सरकारलाई औपचारिक रुपमा हस्तान्तर गरिएको प्रतिवेदनबारे गेसो सभापति राईले अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए । भेटमा सभापति राईले बेलायत सरकार र नेपाल सरकारबीच गोरखा समस्या समाधानका लागि नेपालको तर्फबाट वार्ता समिति बनाई चाँडोभन्दा चाँडो वार्ताको लागि पहल गराई दिन आग्रह गरेका छन् ।pra1

गेसो पदाधिकारीको भनाईपछि अध्यक्ष प्रचण्डले गोरखाहरुको समस्याप्रति आफू पूर्णरुपमा जानकार रहेको बताउँदै वर्तमान सरकारले यो समस्यालाई जतिसक्दो चाँडो हल गर्नुपर्ने बताए । उनले वर्तमान सरकार देशको समृद्धिका लागि निर्माण भएको जनाउँदै गोरखाहरुको समस्यालाई यहि सरकारले समाधान गर्ने पनि बताए । उनले भने, ‘मैले प्रधानमन्त्री केपीजीलाई भेट्दैछु, गोरखाहरुको समस्याका बारेमा म मेरो ठाउँबाट कुरा राख्नेछु ।’ भेटघाट कार्यक्रममा गेसो सभापति कृष्णकुमार राई, उपसभापति मणि किरात वान्तवा, गेसो सल्लाहकार महेन्द्रलाल राई, गोर्खाविज्ञ डा. चन्द्र लक्सम, सजिन राईलगायत सहभागिता थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७