मनिषा डंगोल श्रेष्ठलाई ‘मिसेस नेपाल युनिभर्स’ को ताज


३ श्रावण २०७५, बिहीबार
manisa

काठमाडौं, ३ असार । मनिषा डंगोल श्रेष्ठले ‘मिसेस नेपाल युनिभर्स–२०१८’ को उपाधि हात पारेकी छन् । मनिषाले अब फिलिपिन्सको मनिलामा आगामी डिसेम्बर महिनामा सम्पन्न हुने विवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता नेपालको तर्फबाट सहभागिता जनाउने छिन् । manisa

मिसेस युनिभर्स २०१८ आगामी डिसेम्बर ३ देखि १० तारिखसम्म फिलिपिन्समा हुनेछ । राजधानीमा इ प्लानेट प्रालिले आयोजना गरेको एक कार्यक्रमकाबीच सोमबर मिसेस नेपाल युनिभर्स पूर्व मिसेस नेपाल दिपा शाही राणा तथा लिटिल मिस वल्र्ड युनिभर्स विशेषता बुढाथोकीले मनिषालाई मिसेस नेपाल युनिभर्स २०१८ को ताज पहिराई दिएकी हुन् । मिसेस युनिभर्स २०१८ मा सहभागि हुन जानुपूर्व मनिषाले कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्रा्ष्ट्रिय प्रतियोगिता सम्बन्धी अभिमुखिकरण र प्रशिक्षण प्राप्त गर्नेछिन् ।

यसअघि ई प्लानेट प्रालिकै संयोजन र व्यवस्थापनमा सन् २०१३ मा मिना घिमिरेले मिसेस युनिभर्स २०१३ मा सहभागिता जनाएकी थिइन् । यस्तै २०१४ को मिसेस युनिभर्समा रजनी थापाले नेपालको प्रतिनिधित्व गरेकी थिइन् । जसमा रजनीले ब्युटीफुल लेडीको अवार्ड जित्न सफल भएकी थिइन् । यसैगरी मिसेस युनिभर्स २०१६ मा पद्मिनी झाले नेपालको तर्फबाट सहभागिता जनाएकी थिइन् ।

आफूलाई फिलान्थ्रोपिष्ट भन्न रुचाउने मनिषा डंगोल श्रेष्ठ दुई सन्तानकी आमा हुन् र विगत एक दशक भन्दा लामो समयदेखि उनी विशेषतः विभिन्न तरिका र प्रक्रियाबाट महिला सशक्तिकरणमा संलग्न हुँदै आएकी छिन् । मिस अस्कल १९९७ का रुपमा पनि परिचय बनाइसकेकी मनिषा हाल लन्डनमा बस्दै आएकी छिन् । लण्डनमै लण्डन फेसन हाउस चालाउँदै आएकी उनले सो फेसन हाउसमार्फत् नेपाली फेसन, कला संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा पनि विस्तारित गर्न सक्रिय भूमिका निर्वाह गर्दै आइरहेकी छिन् । मिसेस युनिभर्स २५ देखि ४५ वर्षका विवाहिता महिलाहरुमा लक्षित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो । प्रतियोगिता जिम्मेवार जीवनसाथी, महिला सशक्तिकरण तथा मानव अधिकारप्रति समर्पित रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७