प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने नेविसंघका २५ कार्यकर्ता पक्राउ
पोखरा, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउन खोज्ने २५ जना पक्राउ परेका छन् । गण्डकी प्रदेशको संसद बैठकलाई सम्बोधन गर्न बिहीबार पोखरा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलार्ई कालोझण्डा देखाउन खोज्ने २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउन पर्नेहरुमा नेविसंघसँग आवद्ध विद्यार्थीहरु रहेका छन् । उनीहरुले डा. गोविन्द केसीको मागमा सरकार उदासीन रहेको भन्दै सरकारको आलोचना गर्दै आएको कांग्रेसको भातृसंगठन नेविसंघले विहीबार पोखरा पुगेका ओलीलाई कालो झण्डा देखाएका हुन् ।
प्रधानमन्त्री ओलीले निर्माणाधीन पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थलको समेत निरीक्षणमा पोखरा पुगेका हुन् । प्रम ओलीलाई गण्डकी प्रदेश सभाको गेटमा बसेर कालोझण्डा देखाउन खोज्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।