तपाईको इन्टरनेट शुल्क तीन गुणा महँगियो, किन बढाइयो शुल्क ?


४ श्रावण २०७५, शुक्रबार
karnalima fast internet service eight di 44857

काठमाडौं, ४ साउन । अन्य मुलुकमा इन्टरनेटको शुल्क ओरालो लागिरहेका बेला नेपालमा भने प्रयोग नै गर्न नसकिने गरी शुल्क बढिरहेको छ ।karnalima fast internet service eight di 44857

तपाईले चलाइरहेको इन्टरनेटको शुल्क तीन गुणा बढी महँगिएको छ । इन्टरनेटको सेवा प्रदायकहरुले बिदेशबाट खरिद गरेभन्दा झण्डै तीन गुणा बढी मूल्यमा बिक्री गरेको पाइएपछि सरकारले उनीहरुमाथि कडाई गर्ने भएको छ । स्वभाविक मूल्य कायम गरिँदा अहिलेभन्दा झण्डै आधा सस्तो मूल्यमा सर्वसाधारणले इन्टरनेट सेवा पाउने देखिएपछि सरकारले उनीहरुमाथि कडाई गर्न लागेको जनाएको छ ।
नेटवर्क सेवा प्रदायकहरुले विदेशबाट इन्टरनेटको ब्याण्डविड्थ खरिद गर्दा औसत मूल्य प्रतिमहिना प्रति एमबीपिएस ०७४ जेठसम्म २२.८० डलर तिर्ने गरेका थिए भने गत जेठमा इन्टरनेट ४० प्रतिशत सस्तो भएपछि १३.६२ डलर तिर्ने गरेको जनाइएको छ ।

यस हिसावले सेवा प्रदायकहरुलेसस्तो हुनुअघि झण्डै आधा भन्दा बढी मूल्यमा इन्टरनेट सेवा बिक्री गर्दै आएका थिए । गत जेठमा इन्टरनेट ४० प्रतिशत सस्तो भए पनि उनीहरुले त्यस अनुसार मूल्य समायोजन गरेनन्, जसले गर्दा उनीहरुले गरेको खरिद भन्दा बिक्रीदर ३ गुणा महङ्गो हुन पुगेको थियो ।

अन्तर्राष्ट्रिय मूल्यमा आएको गिरावटसँगै इन्टरनेट सेवा पनि सस्तो बनाउनु पर्नेमा आर्थिक बर्ष २०७५–०७६ को बजेटमा बृद्धि भएको इन्टरनेट करसँगै सेवा प्रदायकहरुले पनि मूल्यबृद्धि गरेका छन् । महङ्गो हुनुको कारण चाहिं कर बृद्धि भन्दा पनि अन्तर्राष्ट्रिय मूल्य अनुसार समायोजन नहुनु नै रहेको जानकारहरु दावी गर्छन् ।

अन्तर्राष्ट्रिय मूल्यमा आएको गिरावटसँगै नेपालमा पनि मूल्य समायोजन गरिनुपर्नेमा आर्थिक बर्ष २०७५–०७६ को बजेटमा भएको करबृद्धिलाई आधार बनाउँदै मूल्य बृद्धि गरिएपछि इन्टरनेट सेवा प्रदायकहरुसँग सरकार कडाईका साथ प्रस्तुत हुने भएको छ । सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रदायकहरुसँग दुई पटक मूल्य घटाउने सम्बन्धमा छलफल गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७