सिटिजन्स बैंकको प्रतिकित्ता २ सयमा एफपिओ आउने


४ श्रावण २०७५, शुक्रबार
citajan

काठमाडौं, साउन ४: तोकिएको चुक्ता पुँजी कायम गरिसके पनि सिटिजन्स बैंकले ४ लाख ६३ हजार ८२६ कित्ता एफपिओ निश्कासन गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट एफपिओ निश्कासनको स्वीकृति पाइसकेको छ। प्रतिकित्ता २ सयका दरले एफपिओ निश्कासन गर्नेछ। बिहीबार बजार बन्द हुँदा उसको मूल्य प्रतिकित्ता २२४ रुपैयाँ छ।citajan

नेपाल बैंकको एफपिओ अहिलेसम्म बिक्री नभएको अवस्थामा अर्को वाणिज्य बैंकको एफपिओ आउन लागेको हो। यद्यपी सिटिजन्सको एफपिओ निश्कासन हुने संख्या थोरै भएकाले सम्पूर्ण रुपमा बिक्री हुने बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलको दावी छ। बैंकको चुक्ता पुँजी ८ अर्ब नाघिसकेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७