काठमाडौं उपत्यकाको मूल्यबृद्धि सबैभन्दा कम


४ श्रावण २०७५, शुक्रबार
Rastra Bank

 

काठमाडौं, साउन ४: काठमाडौं उपत्यकाको मूल्यबृद्धि सबैभन्दा कम देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार क्षेत्रगत रुपमा हेर्दा गत वर्षको साउनदेखि जेठसम्म काठमाडौं उपत्यकाको मूल्यबृद्धि जम्मा ३.१ प्रतिशत छ।Nepal Rastra bank

सबैभन्दा धेरै मूल्यबृद्धि हिमाली क्षेत्रमा रहेको बैंकले औंल्याएको छ। सोही ११ महिनाको अवधिमा हिमाली क्षेत्रमा ६.४ प्रतिशत मूल्य वृद्धि देखिएको छ। त्यस्तै पहाडी क्षेत्रमा ४.९ र तराईमा ४.२ प्रतिशतले मूल्य बृद्धि भएको राष्ट्र बैंकले औंल्याएको छ।

समग्रमा सो अवधिको मूल्यबृद्धि ४.१ प्रतिशत कायम भएको छ। खाद्यान्नको मूल्यबृद्धि ३ प्रतिशत छ भने गैह्र खाद्यको मूल्यबृद्धि ५ प्रतिशत रहेको छ। खाद्यान्नतर्फ फलफूलको मूल्यबृद्धि सबैभन्दा उच्च ११.४ प्रतिशत छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७