सानिमा बैंकबाट ऋण लिन अनलाइनबाटै आवेदन यसरी बुझाउन सकिने


५ श्रावण २०७५, शनिबार
sanima

काठमाडौं, साउन ४: सानिमा बैंकले घरमै बसेर इन्टरनेटका माध्यमबाट कर्जाको आवेदन बुझाउन सकिने व्यवस्था गरेको छ। अनलाइनबाट आवेदन गर्ने ग्राहकलाई कर्जा सेवा शूल्कमा आकर्षक छुटको व्यवस्था समेत गरिएको बैंकले जनाएको छ।sanima

साथै अनलाइनबाट कर्जा सिमा परीक्षण गर्न पाउने छन्। यस प्रविधी अनर्तगत कम्प्युटर, मोवाइल वा ट्यावलेट जस्ता उपकरणहरुको प्रयोग गरी आफ्नो कर्जा सिमा थाहा पाउन सकिने बैंकले जनाएको छ।

चेक जम्मा गर्ने KIOSK, Mobile Money transfer, Secure EMV Chip Card जस्ता प्रविधी बैंकले पहिलेनै ल्याइसकेको छ । नयाँ प्रविधी मार्फत ग्राहकले कर्जा सिमा थाहा पाउने र कर्जा आवेदन दिने हुँदा प्रकृया अझ सजिलो हुने बैंकको भनाइ छ। बैंकको वेबसाइटमार्फत ग्राहकले यो सुविधा लिन सक्नेछन्।

सानिमा बैंकका हाल ७४ शखा, १ एक्सटेन्सन काउन्टर र ६९ ए.टि.एम संचालनमा छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७