पोखरामा ३ भारतीय ‘सुटर’ समातिए, किन बढ्दैछ भारतिय आतंक ?


१८ कार्तिक २०७४, शनिबार
sutter na

पोखरा :  प्रहरीले ३ भारतीय सुटरसहित १ नेपालीलाई पोखराबाट पक्राउ गरेको छ । पोखराको सिद्धार्थ चोकमा नेपाल प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो । पक्राउ परेकाको परिचय भने प्रहरीले खुलाएको छैन ।

sutter na

सादा पोसाकमा खटिएका प्रहरीले उनीहरुलाई प्रक्राउ गरेका थिए । भारतीय सुटर पोखरा छिरेको सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुसँगै अर्का १ जना नेपालीलाई पनि नियन्त्रणमा लिएको छ ।

कास्की प्रहरी स्रोतले भारतको राजस्थानमा आतंक मच्चाएर नेपाल छिरेका ३ भारतीय सुटर पक्राउ परेको जनाएको छ । प्रहरीका अनुसार, पक्राउ परेका ३ भारतीय हप्ता असुलीदेखि हत्यासम्मका आरोपमा मुद्दा खेपिरहेका व्यक्तिहरु हुन् । ४ भन्दा धेरैै हत्या आरोप र २५ भन्दा धेरै असुलीका मुद्दा उनीहरुमाथि रहेको प्रहरी दाबी छ ।

भारतको राजस्थान प्रहरीले नेपालको केन्द्रीय अनुसन्धान व्युरोलाई उनीहरुको बारेमा जानकारी गराएर खोजी गरिदिन केही समयदेखि आग्रह गर्दै आइरहेको थियो । भारतले आग्रह गरेको केही समयपछि उनीहरु पोखराबाट पक्राउ परेका हुन् ।

भारतको राजस्थान प्रहरीले नेपालको केन्द्रीय अनुसन्धान व्युरोलाई उनीहरुको बारेमा जानकारी गराएर खोजी गरिदिन केही समयदेखि आग्रह गर्दै आइरहेको थियो ।भारतले आग्रह गरेको केही समयपछि उनीहरु पोखराबाट पक्राउ परेका हुन् ।

यसअघि गत १६ गते प्रहरीले काठमाडौंको कमलादीबाट दुई भारतीय पेस्तोलसहित पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उनीहरुको साथबाट पञ्जाव प्रहरीको परिचयपत्र फेला परेको थियो । त्यसको २ दिनपछि पोखरामा ३ भारतीय पेस्तोलसहित पक्राउ परेका हुन् ।

 किन बढ्दैछ भारतिय आतंक ?
नेपालमा भारतिय आतंक बढिरहेको छ । खुल्ला सिमाना रहेका कारण हतियार सहित अपराधिक जमात नेपाल आइरहेको छ । चुनावको मुखमा आपराधिक जमान नेपाल किन छिरिरहेको छ भन्नेमा सबैलाई चिन्ता बढेको छ । केही दिन अघि पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन रोक्नका लागि ठुलै हत्याको षड्यन्त्र भइरहेको खुलासा गरेका थिए । यसले चुनावको मुखमा राजनीतिक नेतृतवलाई नै असुरक्षित बनाउने योजनाका साथ भारतिय अपराधिहरु नेपाल आइरहेका छ छैनन् भन्ने शंकाको बिषय बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७