कम्युनिष्टहरुले राष्ट्रपतीय प्रणाली ल्याए कांग्रेसले आन्दोलन गर्छ : महेश आचार्य


१८ कार्तिक २०७४, शनिबार
mahesh acharya

बिराटनगर : नेपाली कांग्रेसका नेता महेश आर्चायले प्रतिनिधिसभाको निर्वाचन पछि कम्युनिष्टहरुले बहुतमत ल्याएर राष्ट्रपतीय शासन प्रणाली ल्याए कांग्रेसले आन्दोलन गर्ने बताएका छन् ।

mahesh acharya
बिराटनगर स्थित आफ्नै निवासमा शनिबार बिहान पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता आर्चायले कम्युनिष्टहरुले बहुमत नल्याए बताउँदै ल्याए पनि बताएको हो ।
यस्तै उनले कम्युनिष्ट वर्चश्वको सरकार बनाउने कल्पना दिवा सपना मात्रै भएको बताए । आर्चायले एमाले र माओवादी पार्टीले निर्वाचनपछि वहुमत ल्याएर सरकार बनाउने र राष्ट्रपतीय प्रणालीमा मुलुकलाई लैजाने योजना बनाएको आचार्यको दाबी छ ।
आचार्यले भने– ‘उनीहरुको योजना मुलकमा साम्यवादी शासन ल्याउने नै छ, तर उनीहरुको त्यो सपना कांग्रेसले पूरा हुन दिने छैन ।’
पूर्वअर्थमन्त्री समेत रहेका भएका नेता आर्चायले वाम गठवन्धनले नयाँ प्रयोगका नाममा राष्ट्रपतीय प्रणाली ल्याउने योजनाले मुलुक द्वन्द्वतर्फ जाने तर्क गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७