काठमाडौं: राप्रपा प्रजातान्त्रिक चितवनका जिल्ला अध्यक्ष बद्रि तिमिल्सिना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
चितवनको माडीमा भएको एक कार्यक्रममा सवैलाई आश्र्चायचकित पार्दै तिमिल्सिना माओवादी प्रवेश गरेका हुन् ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी प्रतिष्पर्धा सहज बनाएका छन् ।निकटतम प्रतिष्पर्धि देखिएका राप्रपा प्रजातान्त्रिकका नेता चितवन जिल्ला अध्यक्ष बद्रि तिमिल्सनालाई प्रचण्डले पार्टीमा प्रवेश गराएका हुन् ।
उनीसगैँ केन्द्रीय सदस्य टिकाराम लामासहित सिङ्गो जिल्ला समिति नै माओवादीमा बिलय भएको छ । उनले स्थानीय तह चुनावमा चितवन महानगर प्रमुखमा उम्मेदवारी दिएर ८ हजार ८१ मत ल्याएका थिए ।
तिमिल्सिनाले चितवनबाट प्रचण्डलाई जिताएर चितवनको विकास र देशको निकासका लागि माओवादी केन्द्रमा प्रवेश गरेको बताए । तिमिल्सिनाले प्रचण्ड जिताउ अभियान होमिन राप्रपा प्रजातान्त्रिकलाई अपील पनि गरे ।