गोविन्दराज जोशीको उम्मेदवारी खारेज, पौडेललाई राहत


१८ कार्तिक २०७४, शनिबार
Ram chandra paudel and gobinda raj joshi

काठमाडौं : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलका विरूद्ध बागी उम्मेदवारी दिएका गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएको छ। जोशीको उम्मेदवारी खारेज गर्न निर्देशन दिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

Ram chandra paudel and gobinda raj joshi

 

आयोगको शनिबार बसेको बैठकले जोशीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो। पौडेलले शुक्रबार जोशीको उम्मेदवारी खारेजीको माग गर्दै तनहुँ निर्वाचन क्षेत्र १ को निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दायर गरेका थिए।

जोशीविरुद्ध परेको उजुरीका सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले आयोगबाट निर्देशन मागेको थियो । आयोगले नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने कानुनी व्यवस्था भएको भन्दै जोशीको उम्मेदवारी बदर गर्न निर्देशन दिएको छ । आयोगका प्रवक्ता नवराज ढकालले जोशीको उम्मेदवारी खारेज भएको पुष्टि गरे ।

आयोगको यो निर्णयसँगै कांग्रेस वरिष्ठ नेता समेत रहेका रामचन्द्र पौडेललाई राहत मिलेको छ ।

आफ्नो विरुद्ध उम्मेदवार बनेका जोशी भ्रष्ट्राचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भैसकेकाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ घ अनुसार उनको उम्मेदवारी खारेज हुनुपर्ने पौडेलको माग थियो। विशेष अदालतले २०७४ साउन १० गते जोशीलाई दोषी ठहर गरेको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७