राप्रपाले माग्यो कानूनमन्त्रीको राजीनामा


६ श्रावण २०७५, आईतवार
Sher Bahadur Tamang 1

काठमाडौं, ६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले कानूनमन्त्री शेरबहादुर तामाङको राजीनामा माग गरेको छ । राप्रपाका सह प्रबक्ता मोहन श्रेष्ठले आईतबार विज्ञप्ती जारी गर्दै बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली चेली र समग्र नेपाली महिलाको अस्मितामाथि नै ठेस पुग्ने गरी कानूनमन्त्री तामाङले दिएको अभिव्यक्तिको भत्र्सना गरेका छन् ।Sher Bahadur Tamang 1

उनले जारी गरेको विज्ञप्तिमा मन्त्री तामाङको गैरजिम्मेवार अभिव्यक्तिलाई ध्यान दिई अबिलम्ब मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओली समक्ष समेत माग गरिएको छ ।

त्यसका साथै केही दिन अघि नेपाली चेलीहरु बंगलादेशस्थित कलेजका प्राध्यापकहरुबाट करणीमा पर्ने सम्बन्धि सोही प्रकृतिको आपत्तिजनक अभिव्यक्ति दिने बिर्तामोडस्थित बि एण्ड सि हस्पिटलका सञ्चालक दुर्गा प्रसाइलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा कार्बाही गर्न पनि राप्रपाले सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७