प्रचण्ड पुत्र प्रकाशले भने, ‘विना मगरको इतिहासलाई नजरअन्दाज गरियो’


१८ कार्तिक २०७४, शनिबार
Bina magar and prakash dhal

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालले ‘माओवादी भित्र आफ्नो छोरा बुहारीलाई सांसद र पदको लागि (समानुपातिक र प्रत्यक्ष)’ भनेर  मिडियाबाजी गराइएको भन्दै आपत्ती प्रकट गरेका छन् । पार्टी र आन्दोलनप्रति आफूहरुले दिएको योगदानलाई नजरअन्दाज गरिएको उनको गुनासो छ ।

Prakash Dhal

आफू पार्टीकै निर्देशनमा जनयुद्धकालदेखी आफूले काम गरीरहेको उल्लेख गर्दे भनेका छन्, ‘बाँकी दिनमा पनि पार्टीबाट अपेक्षा केहि छैन जति सकिन्छ सहयोग गर्ने नै हो । म त्यो दौडमा छैन ।’ उनले आफ्नो श्रीमती बिना मगरलाई प्रचण्डको बुहारीमा मात्र सिमित गर्ने प्रयत्न गरिएको भन्दै दुःख प्रकट गरेका छन् । उनले भनेका छन्, त्यो सरासर गलत हो जस्तो लाग्छ । र, त्यो चित्रण गर्न खोज्नेलाई विगत फर्केर हेर्न अनुरोध गर्न पनि मन लाग्छ ।’

सामाजिक सञ्जाल बेसकुकमा उनले विना मगरको योगदानलाई नजरअन्दाज गरिएको दाबी गरेका छन् । उनले सोधेका छन्, ‘के २७ महिना सेनाको कब्जामा बसेर बेपत्ता हुनु उनको रहर थियो र वान्टेड लिष्टमै हुनु प्रचण्ड परिवार भित्र भएको हून्दा हो ? के स्ववियू सभापति प्रचण्डको परिवार भएको हुँदा बनाईएको थियो ?’

हेर्नुहोस् प्रकाशको स्टाटस जस्ताको तस्तै :-

एउटा कुरा ब्यापक के देखियो भने माओवादी भित्र आफ्नो छोरा बुहारीलाई सांसद र पदको लागि (समानुपातिक र प्रत्यक्ष) भनेर व्यापक मिडियाबाजी र संजाल रंगाएको पाईयो । म कुनै पदको लागि प्रतिश्पर्धामा लागेको छैन । ०५७ सालमै पढाई छोडेर जनमुक्ति सेनामा जाने भनेर लागेको र तत्कालिन स्थायी कमिटिको बैठक मुख्यतस् स्थायी कमिटि सदस्य र मेरो बुवापछिको अभिभावक पोष्ट बहादुर बोगटीकै निर्देशन अनुसार जहा बसेरपनि पार्टी र नेतृत्वकै रक्षाको लागि लाग्ने र तिम्रो अनुभव कम्प्युटर र भाषामा छ । मुख्य नेतृत्व कहिले प्रवाश कहिले नेपाल हुने हुँदा अध्यक्षकै सचिवालयमा बसेर काम गर्नु पर्ने भनिसकेपछि अध्यक्षको सचिवालयमा बसेको थिए । त्यति बेलादेखि जतिबेला म ११ कक्षा पास भएको थिए । अहिलेसम्म परिवार व्यक्तिगत स्वार्थ केहि खोजिएन । हो, बिचमा मेरो केहि प्राविधित कमजोर भयो र पार्टी बिधान अनुसार महिले सब कारवाही ब्योहोरे ) अन्यथा केहि छैन । बाँकी दिनमा पनि पार्टीबाट अपेक्षा केहि छैन जति सकिन्छ सहयोग गर्नेनै हो । म त्यो दौडमा छैन ।

Bina magar and prakash dhal

अर्को जुन प्रकारले बिना मगरलाई प्रचण्डको बुहारीमा मात्र सिमित गर्ने प्रयत्न गरिन्छ त्यो सरासर गलत हो जस्तो लाग्छ । र त्यो चित्रण गर्न खोज्नेलाई विगत फर्केर हेर्न अनुरोध गर्न पनि मन लाग्छ । के ०५४/०५५ सालदेखि यो पार्टीमा लाग्नु गलत थियो ? के २७ महिना सेनाको कब्जामा बसेर बेपत्ता हुनु उनको रहर थियो र वान्टेड लिष्टमै हुनु प्रचण्ड परिवार भित्र भएको हुँदा हो ? के स्ववियू सभापति प्रचण्डको परिवार भएको हूंदा बनाईएको थियो ? बिना मगर आफैमा स्थापित र ०५४ सालदेखि जो अहिले बिभिन्न कालखण्डका उम्मेदवार छन् उनीहरु १/२ कक्षामा पढ्थे होलान् । उनको इतिहास जो प्रचण्ड परिवारसँग जोडिनु भन्दा २ दशक पहिलादेखि कायम थियो त्यसलाई नजरअन्दाज नगरियोस् म प्रचण्डको छोराकै नाताले भन्नु पर्दा बिना मगरको राजनैतिक जिवन प्रचण्ड जोडिदा र प्रचण्ड परिवार जोडिदा उनलाई घाटा भएको छ । उनको ईतिहासको नजरअन्दाज गरिएको छ । परिवार परिवार भनेर सबैलाई एउटै आंखाबाट नहेरौ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७