मेरिल्याण्ड कलेजका ७६ बिद्यार्थी दीक्षित


७ श्रावण २०७५, सोमबार
mcb graduation

विराटनगर, ७ साउन । विराटनगरमा रहेको मेरिल्याण्ड कलेज विराटनगरका पहिलो ब्याचका ७६ जना विद्यार्थी स्नातक तहको व्यवस्थापन डिग्री (बीबीएम) विषयमा दीक्षित भएका छन् ।

mcb graduation

 

वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त सो कलेजले चार वर्ष अध्ययनपश्चात् बिद्यार्थीहरुलाई दीक्षित गरेको हो । बिराटनगरको बिग होटेलमा आयोजित भब्य कार्यक्रमका बीच बिद्यार्थीहरुलाई दीक्षित गरिएको थियो ।
वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयका उपकुलपति जिअफ लेयरले बिद्यार्थीहरुलाई दीक्षित गरेका थिए । समारोहमा उनले कलेजबाट उत्पादित जनशक्ति विश्व वजारमा सहज र सरल किसिमले खपत हुने वताए । उनले नेपाली विद्यार्थीहरुलाई विश्वस्तरीय शिक्षा प्रदान गर्न पाएकोमा खुशी व्यक्त समेत गरे ।

इनोभेट नेपाल ग्रुपका सुलभ वुढाथोकीले व्यवस्थापनमा मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन गर्ने उद्देश्यले कलेज स्थापना गरिएको बताए ।

सो अवसरमा वेलायती विश्वविद्यालयका डा. गुरमुक सिंहले सीप तथा दक्षता हासिल गर्ने कार्यमा बेलायत र नेपाली विद्यार्थीहरुमा कुनै भिन्नता नरहेको बताए । बेलायतको शिक्षा नेपालमै पाएर दीक्षित हुन पाउनु गर्वको कुरा रहेको दीक्षित बिद्यार्थीहरुले अनुभव साटेका थिए ।

इनोभेट नेपाल ग्रुपको व्यवस्थापनमा देशका विभिन्न शहरहरू काठमाडौं, पोखरा, इटहरी जस्तै विराटनगरमा पनि बीबीएम कोर्स मेरिल्याण्ड कलेजले संचालन गरिरहेको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री (बिबिएम) सर्वसुलभ शुल्कमा अन्तर्रास्ट्रियस्तरमा नै पढाइ हुँदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा मेरिल्याण्ड कलेज बिराटनगर, इस्लिंग्टन कलेज काठमाडौं, हेराल्ड कलेज काठमाडौं, इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७