जंङगलमा रोइरहेको भेटियो नवजात शिशु


७ श्रावण २०७५, सोमबार
baby body

बेलबारी, ७ साउन । बेलबारीको वाड नं. ४ स्थित देविथान सामुदायिक वनको झाडीमा नवजात शिशु फेला परेको छ । बिहान करिब १० बजे जङगल दाउरा लिन गएका स्थानीय सुकमाया राईले शिशुलाई राेइरहेकाे अवस्थामा भेटाएकी हुन ।baby

बेलबारी वाड नं. ४ स्थित त्रिवेणी बस्तीमा स्थाई बसोबास गर्ने ६८ वर्षीय सुकमाया राईले बिहान जङगल गएका बेला शिशु रोइरहेको आवाज सुनेपछि उनीसँगै जङगल गएका स्थानीयलाई बोलाएर नानीलाई सुरक्षित पूर्वक ल्याइएको छ ।

स्थानीयहरूले शिशुलाई जङगलको झाडीमा भेट्दा कमिलाले टोकिरहेको अवस्थामा फेला परेको बताए । कमिलाले घाउ बनाएको, मैलो अवस्थामा रहेको भोको शिशुलाई गाउँलेहरूले नुहाई दिएर, दूध खुवाएर सुकमाया राईको घरमा लगेपछि प्रहरीलाई जानकारी दिएको स्थानीय बताए ।

घट्नस्थलमा बेलबारी इलाका प्रहरी कार्यालयका प्रमुख राम कुमार राई टोलीसहित पुगेका थिए । शिशु छोरी रहेको र आमाले लगाएको लुगामा बेरेर शिशुलाई झाडीमा फ्याँकेको प्रमुख राईले जानकारी दिए । शिशुको आमा को हो भन्ने थाहा नभएको र घट्नबारे अनुसन्धान जारी रहेको राईले बताए । ‘स्थानीयले समयमै भेटेर शिशुको जान सक्ने थिए’, उनले भने ।

अहिले शिशुलाई विराटनगरस्थित कोसी अञ्चल अस्पताल लगिएको प्रमुख राईले जानकारी दिए ।

Police belbari
घटनास्थलमा प्रहरी टोली ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७