अाजकाे राशिफल-वि.सं. २०७५ साल साउन ८ गते।


८ श्रावण २०७५, मंगलवार
rashifal today

पञ्चाङ्ग

वि.सं. २०७५ साल साउन ८ गते। मंगलबार। इश्वी सन् २०१८ जुलाई २४ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तिथि– द्वादशी, १९:१८ बजेउप्रान्त त्रयोदशी। नक्षत्र– ज्येष्ठा, १७:२१ बजेउप्रान्त मूल। योग– ब्रह्म, १०:५३ बजेउप्रान्त ऐन्द्र। करण– वव, ६:४१ बजेदेखि वालव, १९:१८ बजेउप्रान्त कौलव। आनन्दादिमा मुद्गर योग। चन्द्रराशि– वृश्चिक, १७:२१ बजेउप्रान्त धनु। काठमाडौंमा सूर्योदय– ५:२३ बजे, सूर्यास्त– १८:५६ बजे र दिनमान ३३ घडी ५२ पला। तुलसीपिए।

मेष

ic sodiac 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गलत निर्णय लिनपुगिएला । नाक तथा घाँटीमा समस्या आउला । पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

बृष

ic sodiac 2

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वैदेशिक कार्य अघी बढ्नेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ । साँझमा पैशा खर्च हुने योग छ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

मिथुन

ic sodiac 3

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मान सम्मान पइनाले मन प्रशन्न रहला । प्रेमीको सहयोग प्राप्त हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

कर्कट

ic sodiac 4

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । स्वास्थ्यमा सुधार आउनेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ ।

सिंह

ic sodiac 5

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सहकर्मी बाट विरोध आउला । घर व्यवहारको समस्याले सताउला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ ।

कन्या

ic sodiac 6

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

तुला

ic sodiac 7

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बिश्वास गरेकाले साथ दिनेछन् । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

बृश्चिक

ic sodiac 8

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) भौतिक साधन जुटाउने समय छ । परिवारमा सुख सन्तोष छाउनेछ । आफ्नो कार्यमा सफलता पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

धनु

ic sodiac 9

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

मकर

ic sodiac 10

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । अरुको मन जित्न सकिनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

कुम्भ

ic sodiac 11

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) चिताएको कामले तीव्रता लिनेछ । धनार्जनका नयाँ स्रोतहररू पत्ता लाग्नेछन् । बाहन सुख मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

मीन

ic sodiac 12

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७