खेलाडीको व्यथा : ऋण काढेर मृगौला प्रत्यारोपण


८ श्रावण २०७५, मंगलवार
biki 2

धरान, ८ साउन । उसु खेलका राष्ट्रिय खेलाडी धरान ८ का विकी राई दुबै मृगौला काम नलाग्ने भएर आठ महिलादेखि थलिएका छन् । बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हप्ताको दुईपटक गरि ४८ पटक डायलाईसिस त गराईरहेका छन् । तर यो प्रकृया रोकथाम मात्रै हो यसको निदान मृगौला प्रत्यारोपण हो । यसका लागि तयारी हुंदै गरेको उनले बताएका छन् ।

biki 2
पीडितलार्इ रकम हस्तान्तरण गर्दे । तस्विर : विकास चाम्लिङ राई

 

सोमबार विहान धरान ८ स्थित शिद्धार्थ पुस्तकालयले ५१ हजार २० रुपैया नगदसहित पुस्तकालयका एकहुल सहयोगीहरु हाल विकी राई बसोबास गरिरहेको धरान १५ स्थित निराजनबस्ती पुगेर उनको मृगौला प्रत्यारोपणका लागि सहयोग हस्तान्तरण गरे । पूतकालयका अध्यक्ष विसनश्वर राईले नगद हस्तान्तरण गर्र्दै तपाईको उपचारमा हाम्रो सानो सहयोग रहेको बताए ।

हालसम्मको उपचारमा बिकीको परिवारले ऋण काढेर करिव ११ लाख सिध्याईसकेका छन् । भारतको तमिलनाड स्थित श्रीरामकृष्ण अस्पतालमा मृगौला प्रत्यारोपणका लागि नेपाली करिव २२ लाख लाग्ने लागत विवरण अस्तपाल प्रशासनले उपलव्ध गराईसकेको छ । त्यसका लागि मृगौला दिने आफन्त पाईसकेकाछन् भने प्रत्यारोपणमा लाग्ने खर्च उनले व्याजमा ऋण लिएर र केही सहयोगीहरुबाट संकलन गरिएको रकमबाट उपचारका लागि तयारी गरेका छन् ।

साउन तेस्रो हप्ता परिवार सहित राई उपचारका लागि भारत जांदैछन् । मृगौला प्रत्यारोपणमा एक महिना लाग्ने र त्यसपछि तिन महिनाको फलोअप उपचार गरेर करिव ४ महिना भारतमै उपचार गरेर घर फर्किने राईले बताए ।

४१ वर्षिय राई २०५० सालदेखि उसुखेलमा संरग्न रहेका हुन् । त्यस यता लगातार उसु खेलमा लागिरहेका छन् । हाल उनी धरानमा उसु खेलका स्वयमसेवी प्रशिक्षक भएर उसु खेलको विकासमा योगदान गरिरहेका छन् । त्यसबापत उनले पारिक्षमिक पाउदैनन् ।
२५ वर्षे खेल जीवनमा उनले भोजपुर र खनारमा स्वयमसेवी प्रशिक्षकका रुपमा सेवा गरिसकेका छन् । २०६० सालदेखि भने उनी निरन्तर धरानमै प्रशिक्षकका रुपमा सेवा गरिरहेका छन् । उमेर छउन्जेल राईले खेलाडीजिवन विताए, विरामी नहुंदासम्म उनी निशुल्क रुपमा खेलाडी उत्पादनका लागि प्रशिक्षण दिईरहेका थिए ।

राई नेपाल उसु संघ सुनसरीको सचिव हुन् उनी संलग्न केन्द्रीय उसु संघले पनि २ लाख सहयोग प्रदान गरेको उनले बताए । उसु संघका केन्द्रीय अध्यक्ष केशव बिष्ट भने त्यही खेलको माध्यमबाट राष्टिय खेलकुद परिषदको सदस्य सचिव भएका छन् । खेलकुदको विकास र खेलाडीहरुलाई सहयोग गर्ने परिषदबाट भने उनले कुनै सहयोग पाएका छैनन् ।

ईटहरीमा राष्ट्रपति कप भईरहेको समयमा उनी निर्णायकको भुमिका निभाईरहेको समय उनी अचानक विरामी भएका थिए । त्यहीवेलादेखि थलिएका राईको उपचारकै क्रममा दुबै गृगौला काम नलाग्ने भएको जानकारी पाएका थिए । उनले भने मैले सबैको साथ, सहयोग, मायां र सदभाव पाएं अझै साथ पाउछु भन्ने आशामा छु उपचारबाट फर्किएपछि खेल मार्फत त्यो गुण तिर्नेछु समाजका लागि खेलमार्फत सेवा गरिरहनेछु राईले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७