राजपाले छान्यो तीन राज्यमन्त्री, मण्डल प्रहरी हत्याकाे अाराेपी


८ श्रावण २०७५, मंगलवार
rajapa

महेन्द्रनगर, धनुषा, ८ साउन  । राष्ट्रिय जनता पार्टीले प्रदेश नम्बर २ मा सरकारमा सहभागी हुन तीन राज्यमन्त्री छानेको छ। अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले तीन राज्यमन्त्रीको नाम पठाएका हुन्। राज्यमन्त्री सिफारिस हुनेमा सहमहामन्त्री सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्मा हुन्।rajapa

तीन राज्यमन्त्रीले बुधबार राज्यमन्त्रीले शपथ लिने तयारी छ। राजपाको बैठकले डा झालाई भौतिक पूर्वाधार, शर्मालाई सामाजिक विकास र मण्डललाई उद्योग, पर्यटन वन तथा वातावारण राज्यमन्त्री बनाउने निर्णय गरेको हो।

यसअघि फोरमले राज्यमन्त्री बनाए पनि आन्तरिक विवादका कारण राजपाले राज्यमन्त्री सिफारिस गर्न सकेको थिएन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अहिलेसम्म सरकारको विस्तारका लागि पत्र नआएको जनाएको छ । पार्टीले पत्र पठाएपछि मात्रै सरकार विस्तारको निर्णय हुने कार्यालयले जनायो । बैठकले परमेश्वर साहलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको छ ।

सामाजिक विकास राज्यमन्त्री नियुक्त मण्डलमाथि प्रहरी हत्याकाे अाराेप छ । मधेस आन्दोलनका बेला जलेश्वरमा घाइते भएका प्रहरी हवल्दार थमन विकलाई उपचार गराउन प्रहरीले लैजाँदै गर्दा बाटामै रोकी एम्बुलेन्सबाट थुतेर हत्या गर्ने काममा शर्माको संलग्नता पुष्टि भएको भन्दै अदालतले उनलाई पक्राउ गर्न आदेश गरेको थियो । तर प्रहरीले उनलाई फरार रहेको भन्दै हालसम्म पक्राउ गरेको छैन । उनी महोत्तरी ३ (क) क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

यस्तै वैठकले  परमेश्वर साहलाई प्रमुख सचेतक बनाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७