नेपाल सेन्ट क्रससँग १९ रनले पराजित


८ श्रावण २०७५, मंगलवार
cricket

काठमाडौं, ८ साउन । युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टोली दोस्रो अभ्यास खेलमा सेन्ट क्रससँग पराजित भएको छ । टी–२० फर्म्याटमा भएको उक्त खेमा नेपाल सेन्ट क्रससँग १९ रनले पराजित भएको हो । cricket
टस जितेर पहिले ब्याटिङ गरेको सेन्ट क्रसले दिएको १६८ रनको लक्ष्य नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो ।

क्रसका लागि जिम्मी एडम्स ७२ तथा फेलिक्स ओर्गानले ३९ रन बनाएका थिए । नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले २–२ तथा सन्दीप लामिछानेले १ विकेट लिए ।

१८९ रनको लक्ष्य पछ्याएको नेपालका लागि अनिल शाहको अर्धशतक प्रहार गरेपनि खेल जित्न पर्याप्त भएन । नेपालका लागि अनिलले सर्वा्धिक ५६ रन बनाए भने आरिफ शेखले ३४, ज्ञानेन्द्र मल्लले १८, सोमपाल कामीले १० तथा सुवास खकुरेलले १० रन जोडे ।

बलिङमा सेन्ट क्रसका फेलिक्स ओर्गानले ३ तथा ह्यारी ट्रसलरले २ विकेट लिए । नियमित
नेपाल नियमित कप्तान पारस खड्कालाई आराम दिइएको थियो । खेलमा नेपालको नेतृत्व ज्ञानेन्द्र मल्लले गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७