कांग्रेसले कहिले वस्त्र उतारेर, कहिले बूर्का लगाएर आउँछ : प्रधानमन्त्री ओली


८ श्रावण २०७५, मंगलवार
KP Sharma Oli 2
g]kfn sDo’lgi6 kf6L{sf cWoIf Pjd k|wfgdGqL s]kL zdf{ cf]nL $) cf}+ k’iknfn :d[lt lbj; cj;/df g]kfn sDo’lgi6 kf6L{sf s]Gb|Lo ;lrjfnon] ;f]daf/ sf7df8f}Fdf cfof]lht sfo{qmdnfO{ ;Daf]wg ug'{x’Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, ८ साउन : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले लोकतान्त्रिक मुल्य, मान्यता र नैतिकता सबै त्यागेको बताएका छन् । कम्युनिष्टहरु मिलेर स्थिर सरकार बनेपछि कांग्रेस आत्तिएको ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले भने, ‘कांग्रेस यतिचाँडै वस्त्र फुकालेर आयो, ठाउँठाउँमा बुर्का लगाएर पनि आउँछ ।’

KP Sharma Oli 2

नेकपा केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कम्युनिष्टहरु मिलेको र स्थिर सरकार बनेकामा प्रतिक्रियावादीहरुलाई सही नसक्नुभएको बताए । उनले भने, ‘काँग्रेस यति चाँडो वस्त्र उतारेर मैदानमा उत्रिएको छ । हिजो हाम्राविरुद्ध टाउकाको मूल्य तोकेको होइन ? झोलामा टाउको ल्याउनु भनेको वा सर्वस्वसहित जन्मकैद तोकिएका मान्छे शासन गरिरहेका छन्, अनि उनीहरुलाई चित्त बुझ्छ ?’

प्रधानमन्त्री ओलीले काँग्रेसले संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली र संविधानको सर्र्वाच्चता मानेर अगाडि जान तयार छ कि छैन भन्ने प्रश्न गरे । भने, , “संसद्ले कानून बनाउँछ, काँग्रेस मान्न तयार छ कि छैन रु संवैधानिक बाटो चुनावबाट सरकारलाई अपदस्थ गर्न सकिन्छ, म लोकतान्त्रिक विधि र प्रक्रियामा आउन काँग्रेसलाई चुनौती दिन्छु । संघर्षको मैदान हामीले पनि देखेका छौँ । अलोकतान्त्रिक, प्रतिक्रियावादी र जनविरोधी कुनै पनि प्रयास सरकारलाई अस्वीकार्य छ र त्यसलाई नियन्त्रण गरिनेछ ।”

प्रधानमन्त्री ओलीले काँग्रेसले खोजेको लोकतान्त्रिक प्रणाली, मूल्य र मान्यतामा अझै प्रश्न रहेको आरोप लगाउँदै सामन्ती राजतन्त्रमा फर्केर आउन सक्ने विचार पनि काँग्रेसमा रहनु प्रतिगमनकारी विचार भएको र आफूहरु राजतन्त्रको पक्षमा नरहेको पुनः स्पष्ट पारे ।

प्रा डा गोविन्द केसीको अनशन र उहाँको मागमा काँग्रेस मिसिएको सन्दर्भमा उनले सबैको निःशुल्क स्वास्थ्योपचार र गुणस्तरीय शिक्षाका लागि नेकपाले पहल गर्दै आएको बताउँदै सबै समस्याको समाधान संवाद र संसद्बाट टुङ्गिने बताए ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य सेवाजस्तो अत्यावश्यक क्षेत्रमा कर्मचारीले हडताल गर्नु उचित नभएको बताउँदै प्रा डा केसीलाई सघन उपचार आवश्यक पर्ने भनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लिखित सुझाव आएकाले उहाँलाई काठमाडौँ ल्याइएको स्पष्ट पारे । ‘सरकारले केसीको उपचार गर्न नपाउने रु उहाँको नाममा अरुको राजनीतिको रोटी सेक्ने, बाटो छेक्ने रु यो हुन सक्दैन’, उनले भने । प्रधानमन्त्री ओलीले आफूले देश र जनताप्रति निष्ठापूर्ण कामका लागि दैनिक शपथ लिएर काम गरिरहेको पनि स्पष्ट पारे ।

उनले कांग्रेस एजेण्डाविहीन बनेपछि कहिले डा. गोविन्द केसी र कहिले मार्सी चामलको कुरालाई राजनीति गर्ने विषय बनाइरहेको बताए । उनले मार्सी चामल कांग्रेस नेताहरुले खाने बास्मती भन्दा कम स्वादको हुने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘बास्मती खाएर मार्सी चामलको विज्ञापन गर्दै हिड्नु कांग्रेस नेता एजेण्डाविहीन बनेका कारण हो, केहि न केहि बोलेर हाम्राविरुद्ध भ्रम त सिर्जना गर्नै पर्‍यो नि !’

‘कांग्रेसले गलत नै हो भन्छ भने प्रचण्डजी र मलाई त्यहाँ जानु गलत भनोस् न, कांग्रेसीले खाने बास्मती भन्दा कम स्वादको मार्सी चामल खानु गलत भनोस् । तर फेसबुकमा फोटो राख्नु कसरी गलत भयो ?’ प्रधानमन्त्री ओलीले कांग्रेसले राजनीतिका लागि एजेण्डा नदेखेको भए आफूहरुले सहयोग गर्ने बताउँदै भने, ‘आउनुस् राजनीतिका लागि धेरै एजेण्डा छन्, विकास निर्माणका काममा सरकारलाई सहयोग गर्नुस्, जनताको पक्षमा काम गर्नुस् । यिनै हुन् अहिलेका एजेण्डा ।’

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७