कानूनमन्त्रीपछि मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले पनि मागे माफी


८ श्रावण २०७५, मंगलवार
Durga prasai 20180723065121

काठमाडौं, ८ साउन । कानूनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा पढ्न गएका नेपाली चेलीहरुप्रति दिएको अभिव्यक्तिप्रति माफी मागे लगतै झापाको विएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले पनि माफी मागेका छन् ।Durga prasai 20180723065121

झापाको बिर्तामोडस्थित बी एन्ड सी शिक्षण अस्पतालका सञ्चालक दुर्गा प्रसाईले बंगलादेशमा पढ्न गएका नेपाली चेलीहरूबारे आफूले राखेको धारणाले नेपाली चेलीहरुको आत्मसम्मान र मानमर्यादामा आँच पुगेको आत्मसात गर्दै माफी मागेका हुन् । भक्तपुरस्थित रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूले करीब १४ महिनाअघि अर्कै आशयले बोलेको कुरालाई तोडमोड गरी सामाजिक सञ्जालमा भाइरल बनाइएको पनि गुनासो गरे । उनले बंगलादेशमा पढ्न जाने जाने नेपाली चेलीहरुको अवस्था र उनीहरुको शोषणबारे दिएको अभिब्यक्तिलाई हाल आएर तोडमोड गरिएको आरोप लगाए ।

उनले आफूले भन्न खोजेको विषयलाई तोडमोड गरेर विवादित बनाइएको भन्दै उक्त भनाइको आशय सामाजिक सञ्जालमा आएको जस्तो नभएको जिकिर दावी गरे । ‘बंगलादेशमा अध्ययन गर्न जाने चेलीहरुलाई नेपालमै अध्यनको वातावरण सिर्जना गर्न सके राम्रो हुने र त्यहाँ उनीहरुले बिभिन्न खालको शोषणको सामना गर्नुपर्ने अवस्थाको अन्त्य हुने मेरो आशय थियो’, उनले भनेका छन् ।
उनले बंगलादेशमा अध्ययन गर्न गएका चेलीका बारेमा आफूले बोलेको कुराले परेको चोटप्रति क्षमा मागेका छन् । ‘मेरो अभिव्यक्तिको मर्म सामाजिक सञ्जालमा आएको जस्तो थिएन’, उनले भने, ‘यसले पर्न गएको असरप्रति क्षमा माग्न चाहान्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७