नेपाली कामदार ठगीबारे मलेसिया ‘गम्भीर’, समस्या हल गर्न सकारात्मक


९ श्रावण २०७५, बुधबार
malesiya

काठमाडौं, ९ साउन । मलेसिया जाने नेपाली कामदारबाट चर्को शुल्क असुली गर्ने क्रम रोक्ने विषयमा क्वालालम्पुर बैठकमा प्रगति भएको एक नेपाली अधिकारीले बताएका छन् । malesiya

नेपालीहरूका लागि वैदेशिक रोजगारीको एक प्रमुख गन्तव्यका रूपमा रहेको मलेसियासँग श्रम समस्याको समाधानको प्रयास गरिरहेको सरकारले मलेसियाली मानव संशाधन मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेको छ । त्यस क्रममा हाल जारी समस्या समाधान गर्न मलेसियाली अधिकारीहरू सकारात्मक रहेको बताइएको छ । मलेसिया जाने नेपाली कामदारमाथि विभिन्न शीर्षकमा चर्को शुल्क असुल्दै ठगिएको भन्दै अर्को व्यवस्था नभएसम्मका लागि सरकारले कामदारहरूलाई मलेसिया जान रोक लगाएको पनि करीब दुई महिना बितिसकेको छ ।

गम्भीर

मलेसियाली मानव शंसाधन मन्त्रालयमा नेपाली दूतावासको प्रतिनिधिमण्डल र मलेसियाली अधिकारीहरूबीच मंगलवार छलफल भएको हो । सो क्रममा नेपाली कामदार मलेसिया आउँदा तिर्न बाध्य पारिएको चर्को शुल्क घटाउने, आउटसोर्सिङ्ग कम्पनीहरू खारेज गर्ने, कामदार भर्ना प्रक्रियालाई सहज एवम् प्रभावकारी बनाउने र श्रम सम्झौता गर्ने लगायत विषयमा छलफल भएको नेपाली दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेलले बताए ।

गत साता दूतावासको निमन्त्रणामा नेपाली दूतावासमा भएको शिष्टाचार भेटमा मलेसियाली मानव संशाधन मन्त्री एम कुलासेगरनले नेपाली कामदारमाथि भएको भनिएको ठगीको सम्बन्धमा मलेसिया गम्भीर रहेको बताएका थिए । नेपाली दूतावासका अनुसार मंगलवारको विस्तृत छलफलमा हाल नेपाली कामदार मलेसिया आउन रोकिएको कारणबारे जानकारी गराउँदै अवैध रकम असुली रोक्न र दुई देशबीचको श्रम सम्बन्ध मजबुत बनाउन मलेसिया सरकारको ध्यानाकर्षण गराइएको छ ।102679838 09e7a13d 2d71 41e4 9c39 7630e425c50d

शुल्क

कार्यवाहक राजदूत कुमारराज खरेलले भने, ‘भेटमा नेपाली कामदारहरूले तिर्नुपरिरहेको चर्को भिसा शुल्कहरू घटाउने र अनावश्यक कम्पनीहरु खारेज गर्नेसम्बन्धी हाम्रो अनुरोध पुनः दोहो¥यायौं ।’ जवाफमा मलेसियाली अधिकारीहरूले उक्त विषयलाई गम्भीर रूपमा लिइएको र त्यसबारे छिट्टै निर्णय हुने प्रतिबद्धता जनाएको खरेलको भनाइ छ ।

खरेलले भने, ‘नेपालको अनुरोधप्रति मलेसिया सरकार गम्भीर रहेको र सकारात्मक तरिकाले हाम्रो अनुरोध र चासोलाई सम्बोधन गर्ने गरी मानव संशाधन मन्त्रालय र गृह मन्त्रालयको विभिन्न तहमा अध्ययन र छलफल भइरहेको जानकारी उहाँहरूले दिनुभयो ।’ छलफलमा कामदार भर्ना र व्यवस्थापन प्रक्रियालाई पारदर्शी बनाउन र श्रम सम्झौता गर्ने विषयमा समेत मलेसियाली पक्ष सकारात्मक रहेको बताइएको छ । नेपाली कामदारबाट चर्को शुल्क असुल्ने कार्यमा मलेसिया र नेपालकै कतिपय प्रभावशाली नेता र व्यवसायीहरूको मिलेमतो रहेको विवरण सार्वजनिक भएपछि केही मलेसियाली सांसदहरूले यसबारे छानबिन गर्न सरकारसँग माग गरिसकेका छन् । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७