विराटनगरमा पाइपबाट घरघरमा ग्यास


९ श्रावण २०७५, बुधबार
gaushala

काठमाडौं ९ साउन । तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भनेका थिए, ‘सिलिण्डरका जमाना गए, अब घरघरमा पाइपबाट ग्यास जोडिने छ ।’ ओलीको त्यो अभिव्यक्तिप्रति कतिले समर्थन जनाए पनि धेरै आलोचना गर्नेको सङ्ख्या थियो ।

gaushala

ओलीका त्यो सपना पुरा नभए पनि विराटनगरमा भने घरघरमा पाइपबाट ग्यास पुर्‍याउने कार्य अगाडी बढाइएको छ । ८४ लाख लगानीमा विराटनगर महानगरपालिकाका वडा १४ मा घरघरमा वायोग्यास पुग्ने भएको छ । १ सय ३५ घरमा श्रीकृष्ण गौशालामा २ सय ५ गाई रहेकाले त्यहीँ गाईले उत्पादन गर्ने प्रतिदिन २ हजार केजी गोबरबाट गोबर ग्यास उत्पादन कार्य तीव्र गतिमा भइरहेको छ ।

पहलिो चरण एक हप्ताभित्रमा ३५ घरधुरीलाई ग्यास पुर्‍याइने र दोस्रो चरणमा १ सय घरलाई पुर्‍याउने योजनाका साथ अहिले पाइप बिच्याउने कार्य भरहेको छ । उक्त गोबर ग्यास उत्पादन गर्न डेढवर्ष अघिदेखि भइरहेको निर्माणसुरु भएको कार्यले अनितम रूप लिएको हो । अहिले गौशाला परिसरमा ३ सय घनमिटर प्लान्ट जडान भैसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७