अंग्रेजी फरर बोल्ने इच्छा छ ? यी ७ सूत्र प्रयोग गर्नुस्


९ श्रावण २०७५, बुधबार
Capture

काठमाडौं, ९ साउन । आजको समयमा अंग्रेजी भाषा राम्रोसँग बोल्न नजान्ने मानिसहरुले जागिर पाउन मुस्किल छ । केहिलेकाँही तपाईले अंगे्रजी भाषा नजानेकै कारण पार्टी वा अन्य प्रोग्रामहरु रद्द समेत गर्नु भएको होला । कसैको इन्सल्ट फेस गर्नुपनि पर्छ । तर, अब अंग्रेजी भाषालाई लिएर यस्तो डराउनु पर्ने र भाग्नुपर्ने कुनै कारण छैन । अब यस्ता केही उपाय छन् जसले तपाईलाई अंग्रेजी भाषा सिक्नमा मद्धत गर्छ ।Capture

१) इङलिसमा सोच्न शुरु गर्नुहोस

तपाई जे सोच्नुहुन्छ त्यो तपाईको शब्द बन्छ यसले गर्दा अंग्रेजी बोल्नका लागि सबैभन्दा पहिला अंग्रेजीमा सोच्न शुरु गर्नुहोस् । सबैभन्दा पहिले आत्माविश्वासी भएर बोल्नु होस् चाहे तपाईले बोलेको कुरा गल्ती नै किन नहोस् । विस्तारै विस्तारै गरिएको प्राक्टिसले नयाँ शब्द सिक्नसक्नुहुन्छ र आत्माविश्वासी बन्न सक्नुहुन्छ । यसका लागि तपाईले केही सिक्न जरुरी हुन्छ, जहिलेपनि अर्ध शिक्षाले नोक्सान पुर्‍याउँछ ।

२) शुद्ध उच्चारण गर्नुहोस्

जो अंग्रेजी बोल्न कोशिस गरिरहन्छ उसले ध्यानपूर्वक सम्झिन जरुरी छ । जुन शब्द तपाईले बोल्न सकिरहनुभएको छैन भने गुगलबाट शुद्ध उच्चारण चेक गरेर बोल्न कोशिस गर्नुहोस् । गुगलमा अडियोमा समेत सुन्ने प्रबन्ध छ ।

३) ठूलो आवाजमा पढ्नुहोस्

इङलिस सिक्ने राम्रो तरिका दैनिक रुटिन मिलाएर न्युजपेपर पढ्ने पनि हो । तपाईले दैनिक एक घन्टा साह्रो साह्रो पत्रिका पढ्नुभयो भने अंग्रेजी सिक्न सक्नुहुन्छ ।

४) दैनिक एउटा नयाँ शब्द सिक्नुहोस्

एक शब्द दैनिक सिक्नुहोस् र यसलाई अलग अलग तरिकाले उच्चारण गर्नुहोस् । यो शब्द जबसम्म बोलिरहनुहोस् तबसम्म कण्ठ हुँदैन । सम्भब छ भने त्यसलाई डाइरीमा टिपेर राख्नुहोस् ।

५) इङलिस क्लास भर्ना हुनुहोस्

इङलिस सिक्ने सबैभन्दा राम्रो उपाय कुनै यस्तै क्लास भर्ना हुनु पनि हो जहाँ तपाई आफ्नो शौख पुरा गर्नका लागि इङलिस सिक्न सक्नुहुन्छ । तपाईलाई कुकिङको शौख छ भने कुकिङको र इङलिस सिक्नको लागि इङलिस क्लास भर्ना हुनसक्नुहुन्छ ।

६) डिक्सनरी प्रयोग गर्नुहोस्

तपाईले कुनै कुरा गर्नुभयो वा नयाँ शब्द सुन्नुभयो भयो त्यसलाई तुरुन्तै डिक्सनरीमा खोज्नुहोस् । कुनै नयाँ शब्द सुन्नु भयो भने त्यसलाई अनलाइनमा वा डिक्सनरीमा खोजेर बोल्ने कोशिस गर्नुहोस् ।

७) इङलिस बोल्ने साथी बनाउनुहोस्

साथीको आवश्यकता केवल मस्ती, घुम्न र सिनेमा हेर्नका लागि मात्रै होइन । कहिलेकाँही यस्ता साथीहरु बनाउनुहोस् जसले तपाईलाई सहयोग गर्न सकुन् । अब तपाई यस्ता साथीहरु बनाउनुहोस् कि जसले राम्रो अंग्रेजी जानेका हुन् र तपाईलाई सहयोग पुगोस् । अंग्रेजी सिक्नका लागि पर्ने साथीको आवश्यकता उसले पुरा गर्न सक्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७