रसुवामा पहिरोः प्रहरी पोष्ट र होटल पुरिए, ४ जनाको मृत्यु, ११ जना सम्पर्कविहीन


१० श्रावण २०७५, बिहीबार
raSUWA

काठमाडौं १० साउन: अविरल वर्षापछिको पहिरोले प्रहरी पोस्ट र होटल पुरिँदा रसुवामा ४ जनाको ज्यान गएको छ । ११ जना सम्पर्कविहीन छन् भने ४ जना घाइते भएका छन् ।raSUWA

पहिरोले गोसाइँकुण्ड गाउँपालिकाको टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर सञ्चालनमा रहेका होटल तथा अस्थायी घर पुरेको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्टसँगै आसपासका घर तथा होटल पुरिँदा अहिलेसम्म ४ जनाको ज्यान गएको र ११ जना सम्पर्कविहिन भएको जानकारी दिए ।

पहिरोमा ज्यान गुमाएका र हराइरहेकाहरूको पहिचना खुलेको छैन । बजार क्षेत्र भएकाले स्थानीयका अलावा यात्रु, यातायात व्यवसायीको मृत्यु भएको हनुसक्ने प्रजिअ पौडेलको अनुमान छ । पहिरोले केही कन्टेनर तथा ट्रकसमेत पुरेको प्रजिअ पौडेलले जानकारी दिए ।

अविरल वर्षापछि सडक अवरुद्ध भएकाले खोजी तथा उद्धारका लागि घटनास्थल पुग्न केही कठिनाइ भएको प्रहरीले बताएको छ । घटनास्थल सदरमुकाम धुन्चेबाट करिब २५ किलोमिटरको दूरीमा पर्छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७